छोरा र आफ्नो जन्मदिनको अवसरमा रास्वपा प्रदेश इन्चार्ज महताद्वारा अनाथालयमा आर्थिक सहयोग


महेन्द्रनगर : राष्ट्रिय स्वतन्त्र पाटी सुदूरपश्चिम प्रदेशका इन्चार्ज एव युवा उद्यमी ज्ञानेन्द्र महताले छोरा र आफ्नो जन्मदिनको अवसरमा अनाथालयलाई आर्थिक सहयोग गरेका छन । रास्वपा प्रदेश इन्चार्ज महताले आफ्नो र छोरा प्रिन्सको जन्मदिनको अवसरमा भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको समाजकल्याण बाल अनाथालयलाई आर्थिक सहयोग गरेका हुन ।

बिहीबार एक कार्यक्रमका विच रास्वपा प्रदेश इन्चार्ज महताले अनाथालयमा बस्दै आएका बालबालिकाहरुको भरणपोषणका लागि नगद ५ हजार १५५रुपैया सहयोग गरेका छन । प्रंंदेश इन्चार्ज महताले अनाथालयका इन्चार्ज महताले अनाथालयका कोषाध्यक्ष लवराज भट्टलाई हस्तान्तरण गरेका थिए ।

रास्वपा प्रदेश इन्चार्ज ज्ञानेन्द्र महताले जन्मदिनको अवसरमा असाहय बालबालिकाको न्यायका लागि आर्थिक सहयोग गरेको बताए । महता बाबुछोराले अनाथसंग जन्मदिन मनाउँदै मिठाई तथा फलफुल समेत वितरण गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img