सर्वाधिक धनराशीको अरनिको सैनिक कप खुल्ला पुरुष फुटबल प्रतियोगिता


पुनर्वास : माघ २१ देखि सन्चालन हुने कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा नगरपालिकामा अरनिको खेलकुद बिकास समितीले ठुलो धनराशी राखेर अरनिको सैनिक कप खुल्ला पुरुष फुटबल प्रतियोगिता २०८० आयोजना गर्न लागेको छ। अरनिको खेलकुद बिकाश समितिका अध्यक्ष जित बहादुर तामाङले माघ २१ गते देखि प्रतियोगिता संचालन हुने बताए। प्रतियोगिताको मुख्य प्रायोजक प्रकाश दहाल स्मृति प्रतिस्ठान र सहप्रयोजक बिज्ञान एच आर म्यानेजमेन्ट प्रा लि काठमाडौ रहेका छन ।

No description available.

प्रतियोगितामा बिजेता टिमलाई नगद रु २ लाख ६० हजार कप,मेडल र प्रमाणपत्र, तथा उपबिजेता टिमलाई नगद रकम रु १ लाख ३० हजार कप,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष मित्र सिंह लामाले बुधबार पत्रकार सम्मेलन मार्फत ट्रफी ,मेडल सार्वजनिक गरेका थिए। आयोजकले प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही रु ५ हजार प्रदान गरिने र प्रत्येक खेलमा म्यान अफ त म्याच घोषणा गरिने बताएका छन्।

No description available.

उक्त प्रतियोगितामा विभागिय टिम सहित १९ टिमको सहभागिता रहनेछ। टिम सहभागिता का लागि १० हजार दर्ता शुल्क राखिएको छ।अरनिको युवा क्लबका खेलाडीहरु लाई कार्यक्रम प्रमुख अतिथी मित्र सिंह लामाले जर्सी सार्वजनिक गर्दै अध्यक्ष तामाङ लाई हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगिता पुनर्वास नगरपालिका वडा नम्बर २ मा रहेको अरनिको युवा क्लबको खेल मैदान हुने आयोजकले जनाएको छ । बुधबार खेलको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अरनिको खेलकुद बिकाश समितिका अध्यक्ष जित बहादुर तामाङको अध्यक्षतामा प्रमुख अतिथी पुर्नर्वास नगरपालिकाका वडा न. २ का वडा अध्यक्ष मित्र सिह लामा रहनु भएको थियो भने कार्यक्रम सञ्चालन अरनिको खेलकुद बिकाश समितिका सचिव दिपेश तामाङलेगर्नु भएको थियो ।


ताजा समाचार

spot_img