सुदूरपश्चिमकै जेष्ठ संस्था पुनर्वास सहकारी संस्था लि को ३१ औं वार्षिक साधारणसभा सम्पन्न

भरत बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कञ्चनपुर: सहकारीको दिगोपन स्वनियम र शुसाशन भन्ने मुल नारा सहित पुनर्वास कै अग्रणी संस्था पुनर्वास सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०२७ सालतिर कञ्चनपुरको दक्षिणी क्षेत्रमा तत्कालीन श्री ५ सरकारले पुनर्वास बस्ती बसाल्ने क्रम संगसंगै यो संस्था पनि स्थापना भएको थियो । पुनर्वास क्षेत्रको बस्ती बसोबास सँगै तत्कालिन पुनर्वास कम्पनी, योजना कार्यालयको पहल र स्थानियको सहभागितामा तत्कालिन साझा ऐन अनुसार मिति २०३३ असोज २६ गते जिल्ला कार्यालय, सहकारी शाखा, कञ्चनपुरमा औपचारिक रुपमा दर्ता भई सुदूरपश्चिम प्रदेशकै अग्रणी एक मात्र पुरानो सहकारी संस्था रहेको सस्थाका अध्यक्ष परशुराम बि क ले जानकारी दिए। उनले संस्था मा ४ सय ६२ सेयर सदस्य रहेका बताउदै संक्षिप्त रूपमा सस्थाको आर्थिक गतिविधि बारे जानकारी दिएका थिए। संस्थाको ३१ औ‌ साधारणसभा ले भरत बहादुर बिष्टको अध्यक्षताम ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ ।

नव गठित समितिको उपाध्यक्षमा राजु श्रेष्ठ (राजन ) जिल्ला प्रतिनिधि मा निवर्तमान अध्यक्ष पर्शुराम बिस्वकर्मा र समितिको सदस्य हरूमा भोला कुमार श्रेष्ठ, योस्याङ तामाङ, गममाया तामाङ, खगेन्द्र ओझा, राजेन्द्र सिंह धामि, बिरबहादुर बोगटी, जयबहादुर बोहरा र बबिता श्रेष्ठ सर्वसम्मत चयन भएका छन । त्यसैगरी लेखा समितिको संयोजक मा रामचन्द्र भट्टराई, सदस्य मा देवी भट्ट र राजेश गुरूङ चयन भएका छन । पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले शुभकामना व्यक्त गर्दै पुनर्वास कै जेठो सहकारी को उन्नति र प्रगति को कामना गरेका थिए । पुनर्वास सहकारी क्षेत्र भित्र निर्माणाधीन चिस्यान केन्द्र ले पुनर्वासका अधिकांस किसानको जिवनस्तरमा निकै सुधार हुने आशा पलाएको नगर प्रमुख शर्माले जोड दिएका थिए । संस्था लाई राम्रो सँग चलाउन सञ्चालक समिति जिम्मेवारी कर्मचारीहरूमा ईमनदारीता हुनुपर्छ भनि औल्याउँदै किसानले उत्पादन गरेका तरकारी तथा फलफूल हरू चिस्यान केन्द्र मा स्टोर गरि उचित मुल्य मा बिक्रीवितरण गर्न पाउने तथा पुनर्वासी जनताले पनि तरकारी तथा फलफूल उपभोग गर्न पाउने शर्माले बताए । समाजसेवी बुद्धिजीवी रामचन्द्र नेपालले विभिन्न आरोहअवरोह पार गर्दै पुनर्वास सहकारी ३१ औं बर्ष पार गर्दै गर्दा संस्थाले धेरै नै प्रगति गर्न सफल भएकोमा शुभकामना व्यक्त गरेका थिए । पुनर्वास सहकारी संस्था संग पुनर्वास का अधिकतम जनताहरूको भबिस्य तथा सपना संग भावनात्मक सम्बन्ध जोडिएको ले संस्थालाई अझ बलियो र पारदर्शी बनाउन सबैले भुमिका निर्वाह खेल्नुपर्ने नेपालको जिकिर थियो। नवनिर्वाचित समितिका अध्यक्ष भरतबहादुर बिष्टले संस्थामा आईपर्ने हरेक चुनौती को सामना गर्दै संस्थालाई नमुना सहकारीको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्था का व्यवस्थापक एक कुमार श्रेष्ठले आर्थिक बर्ष ०८०/८१ को कुल ८ करोड ६६ लाख ४३ हजार पाँच सय बराबरको बार्षिक आयव्यय प्रस्तुत गरिएको थियो भने आगामी आर्थिक बर्ष का लागि अनुमानित रकम ९ करोड सन्तानब्बे लाख छयालीस हजार बराबरको आयव्यय प्रस्तुत गरेका थिए भने लेखा संयोजक रामचन्द्र भट्टराईले संस्था को लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा आवधिक बचत कारोबार , दैनिक ऋण कारोबारमा , दैनिक बचत कारोबार , गुणस्तरीय एबं बढी परिणाममा दूध बिक्री कारोबार तथा नियमित दुध बिक्री कारोबार मा सर्वोत्कृष्ट योगदान पुर्याउने ८ जना सेयर सदस्य लाई कदर पत्र सहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । संस्था का अध्यक्ष पर्शुराम बिस्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्मा प्रमुख अतिथि रहेका थिए भने बिशिस्ट अतिथि मा निवर्तमान मेयर जीवनराज थापा, निवर्तमान उप मेयर शारदा बिष्ट धामि रहेकि थिईन, कार्यक्रम को अतिथिहरूमा पुनर्वास नगरपालिका सहकारी बिभाग अधिकृत धौलराम सार्की, पुनर्वास उधोग बाणिज्य संघ अध्यक्ष राजकुमार रायमाझी, रेडक्रस पुनर्वास उपशाखा सभापति कृष्णबहादुर तामाङ, विभिन्न वडाका अध्यक्ष तथा सदस्य, विभिन्न सहकारी का अध्यक्ष तथा सञ्चालक सदस्य लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा संस्था कि उपाध्यक्ष मेनुका उप्रेती को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक एक कुमार श्रेष्ठले गरेका थिए।

ताजा समाचार