काठमाडौँ : युथ क्रियशनको आयोजनामा मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न भएको छ । काठमाडौँको सामाखुशीस्थित कुकु लन्ज एन्ड इभेन्टमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २० जनाले आफ्नो ट्यालेन्ट प्रस्तुत गरे । कार्यक्रमले निर्णयकमा नायक एंव मोडल शेखर सुवेदी, मोडल पूर्ण लिम्बु, नायिका बिमला लिम्बु र लोकदोहोरी गायक बल बहादुर गुरुङ रहेका छन ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
मुख्य निर्नायकको रुपमा बोल्नुहुँदै लोकदोहोरी गायक बल बहादुर गुरुङले ट्यालेन्टमा सहभागी सबैको प्रतिभा उत्कृष्ट रहेको बताए । उनले बालबालिकाको वाक कलालाई समेत थप टेवा पुग्ने। बताए । यस्ता कार्यक्रमहरुले समाज र देशमा युवाहरुलाई थप हौसला मिल्ने बताए ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
युथ कृयशनका अध्यक्ष रवी लामा तामाङले यस्ता कार्यक्रमले भविष्य निर्माणमा थप सघाउ पुग्ने र मनोबल उच्च हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि,पत्रकार कलाकार एंव अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको फाइनल भने पौष २२ गते रोयल दरबार इभेन्टस एण्ड भेन्युमा हुने आयोजक टिमले जानकारी दिए । साथै ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक एंव सांस्कृतिक प्रस्तुती रहने पनि आयोजकले जानकारी दिए ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)