दोधारा चाँदनीको बडुवाल टोलमा जंगली हात्तीले किसानको गहुँबाली नष्ट


दोधारा । बडुवाल टोलको स्थानियहरुको घर भत्काउदै जंगली हात्तीले गहुँवाली नष्ट गर्न थालेको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा स्थानियहरुको घर भत्काउदै आएको जंगली हात्तीले अहिले आएर गहुँवाली नष्ट गर्न थालेको स्थानियहरुले बताएका छन् । बडुवाल टोलमा बिगत लामो समय देखि जंगली हात्तीले स्थानियहरुको मध्यरातमा घर भत्काउने, अन्नवाली क्षती गर्ने तथा मानविय क्षती पुर्‍याउदै आएको छ् । भारतिय जंगल संग जोडिएको बडुवाल टोलमा जंगली हात्तीको आतंक नियन्त्रण गर्न सरकारले खासै काम नगरेको स्थानियहरुको दुखेशो रहदै आएको छ् । मध्यरातमा हात्तीको ठुला हुल आएर बस्तीमा आतंक मच्चाउदै आएको छ् ।

मध्यरातमा स्थानियहरुले ज्यान जोगाउन हम्मे–हम्मे पर्दै आएको छ् । गएको तिन दिनमा बस्ती भित्रिएको जंगली हात्तीको हुलले स्थानिय नन्दलाल मगर, शोनम मगर, अमर खत्री, खेम बहादुर खत्री लगाएत एक दर्जन भन्दा बढी स्थानियहरुको गहुँवाली कुल्चेर नष्ट गर्दै आएको स्थानियबासी महाविर क्षेत्रीले जानकारी दिएका छन् । हात्ती बस्ती पसेको बेला स्थानिय किसानहरुलाई हात्ती धपाउन रातभरी जाग्रम बस्नु परेको छ् ।

हात्तीको बथानले किसानको गहुँबाली नष्ट गरिरहेको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले जानकारी दिएका छन् । हात्ती धपाउन बस्तीमा स्थानीयले आगो बाल्ने, गुलेली प्रयोग गर्ने, पटाका पड्काउने गरेको उनले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img