महेन्द्रनगर : कञ्चनपुरमा रहेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरले पश्चिमी सिमानाका गड्डाचौकीमा राखेको हेल्थ डेस्कबाट ९ सय बढीले स्वास्थ्य सेवा पाएका छन् । असोज २८ गतेदेखी सिमानाकामा हेल्थ डेस्क राखेर भारतबाट आउने नेपाली र भारतीहरुलाई सिमानाकामा स्वास्थ्यकर्मी राखेर चेकजाँच गरेको हो । हेल्थ डेस्कमा रहेकी अनमी पिया जोशीले आफुले दैनिक ३० देखी ४० जनाको स्वास्थ्य चेकजाँच गरिएको बताईन् । यो एक महिनाको दौरानमा आफनो टिमले ९ सय भन्दा बढीको स्वास्थ्य चेकजाँच गरेर सेवा दिएको उनले बताईन् । आफनो सामाजिक उत्तरदायित्व कार्य अन्तरगत सिमानाका गड्डाचौकीमा हेल्थ डेस्क स्थापना गरी ९ बढीले आफनो स्वास्थ्य चेकजाँच गरेको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर गोविन्द रोकायाले जानकारी दिए ।

सशस्त्र प्रहरी र मन्त्र अस्पतालको संयुक्त आयोजनामा सीमावर्ती भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा मन्त्र अस्पतालले हेल्थडेस्क राखेर निःशुल्क स्वाथ्य सेवा प्रवाह गर्दै आएको र कार्तिक ३० गतेदखी हेल्थ डेस्क बन्द गरिएको उनले जानकारी दिए । बिसेष गरेर कामका लागि भारत गएका दशैँ र तिहारका बेला स्वदेश फर्किने नेपाली नागरिकलाई लक्षित गरेर आधारभूत स्वास्थ्य सेवा प्रवाहका साथै अति अशक्तलाई एम्बुलेन्स मार्फत अस्पतालसम्म पु¥याईदिने सम्मको सेवा प्रवाह गरिएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर रोकायाले बताए । यो समयमा चेकजाँच गर्दा ५ जनामा स्वास्थ्य समस्या देखिएको र तुरुन्तै उपचार गर्नु पर्ने खालका बिरामी हरु पनि रहेको उनले बताए । लामो लाईनमा बस्दा पानीको कमी, वृद्धवृद्धाहरुमा बढी समस्या भएको पाइएको बताए । कोरोनाकालमा आफ्नै आँखा अगाढी एकजनालाई हृदयघात हुँदा बिरामीको मृत्यु भएको अनुभव सुनाउँदै उनले आफुहरुले हेल्थडेस्क राखेर फेरी त्यस्तो समस्या नहोस भनेर पनि यो सेवाको सरुवात गरिएको बताए ।

‘चार्डवाडका बेला स्वदेश फर्किने नेपालीको अत्यधित चाप हुन्छ, ‘उनले भने, ‘लामो यात्रा गरेर स्वदेश फर्किने नेपाली नागरिक भारतीय शहरदेखि सीमावर्ती क्षेत्रमा पुग्दासम्म सकसका विच पुग्छन, यात्राका क्रममा उनीहरुको स्वास्थ्यमा आउने समस्यामा हामीले सक्दो सहयोग गरेका छौँ ।’ समान्य चेकजाँचदेखि आधारभूत निःशुल्क स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताए । ‘भारतबाट स्वदेश फर्किने नेपाली मात्रै नभई भारतीय सहित नेपाल घुम्न आउने तेस्रो मुलुकका नागरिकको समेत स्वास्थ्य चेकजाँच गरिएको, ‘उनले भने, स्वदेश फर्किदा स्वास्थ्यमा आएको निःशुल्क सेवा पाएपछि नेपाली मजदुर हर्षित भएका छन । उनीहरुले यात्राका दौरानमा देखिएको स्वास्थ्य समस्या मातृभूमि टेक्दा मन्त्रले समाधान गरेको भन्दै खुसी व्यक्त गरेका छन । उक्त हेल्थडेस्कमा सशस्त्र प्रहरी बलले समेत साझेदारी गरेको छ । सामाजिक क्षेत्रमा आफनो उत्तरदायित्व अन्तरगत आगम िदिनहरुमा पनि मन्त्र अस्पतालले सेवाभावले कार्य गर्ने मन्त्र अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर रोकायाले बताए ।