काठमाण्डौ : साउद सेवा केन्द्रिय समितिले काठमाण्डौ उपत्यका जिल्ला कार्यसमिति गठन गरेको छ। शनिबार साउद सेवा केन्द्रिय समितिले आयोजना गरेको विजया दशमी, दिपावली तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका बीच काठमाण्डौ उपत्यका जिल्ला कार्यसमिति गठन भएको हो ।
कार्यक्रममा साउद सेवा समितिका केन्द्रिय सल्लाहकार वीर सिह साउदको अध्यक्षता रहेको थियो भने नेपाल सरकारका परराष्ट्र मन्त्री एनपि साउदको प्रमुख आतिथ्यता रहेको थियो।सुदूरपश्चिम योजना आयोगका पूर्व उपाध्यक्ष माननीय केशर बहादुर साउद, नेपाल प्रहरीका पूर्व एआईजी केदार साउद, नेपाल विद्युत प्राधिकरणका उपनिर्देशक लोकेन्द्र बहादुर साउद, युवा व्यवसायी तथा समाजसेवी मान बहादुर साउद, साउद सेवा समितीका केन्द्रिय सल्लाहकार बखत बहादुर साउद लगायतको विशिष्ट आतिथ्य रहेको उक्त कार्यक्रमको सञ्चालन साउद सेवा समितीका केन्द्रिय महासचिव बिरेन्द्र सिंह साउदले गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् सुदूरपश्चिम योजना आयोगका पूर्व उपाध्यक्ष माननीय केशर बहादुर साउदले दशै, तिहार तथा छठ पर्वको शुभकामना दिँदै चाडपर्व सुरक्षित रहेर मनाउन आग्रह गरे। साउदहरूको ईतिहास तथा बंशावली लेखन कार्यमा सक्रिय बखत साउद र वीर सिह साउदले वंशावली लेखन तथा साउदहरुको ईतिहासको बारेमा आफ्नो महत्वपूर्ण भनाई राख्दै देशभरिका सम्पूर्ण साउदहरु साउद सेवा समितिमा आवद्ध हुनुपर्नेमा जोड दिए।
त्यसैगरी उक्त कार्यक्रमबाट ९ सदस्यीय साउद सेवा काठमाण्डौ उपत्यका जिल्ला कार्यसमिति गठन गरिएको छ। जसमा अध्यक्षमा कम्मान सिह साउद, उपाध्यक्षमा शुष्मा कुमारी साउद, सचिवमा, रुपेश कुमार साउद, कोषाध्यक्षमा तिला डुम्रे साउद र सदस्यमा बम ब. साउद, किरण सिं साउद, डिप्लव साउद, भूपेन्द्र साउद, कृष्ण सिं साउद रहेका छन्।