झलारी : निड्स नेपालले दिगो आम्दानी द्वारा महिला उद्यमीहरुको सशक्ति परिेयोजना अन्र्तगत सञ्चालित कुखुरापालन सम्बन्धी छ दिने सीप विकास तालिम झलारीमा सम्पन्न भएको छ । आर्थिक रुपमा विपन्न महिलाहरुलाई कुखुरापालन सम्बन्धी सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिममा कृष्णपुर र बेदकोट नगरपालिकाका गरी २० जना महिलाहरुले कुखुरापालन सम्बन्धी तालिम लिएका छन ।
तालिमको प्रशिक्षण विश्वेश्वर प्रसाद खरेलले गर्नु भएको थियो । तालिम सामापन कार्यक्रममा बेदकोट नगरपालिका नगर प्रमुख भोजराज बोहराले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नु हुदै सीपले जीविन जिउने कला सिकाउने भएकाले यसले व्यवसाय सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । निड्स नेपालका उपाध्यक्ष डिवि कुश्मीले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्नका लागि कटिवद्ध भएर लाग्नु पर्ने बताउनु भयो ।कुखुरापालन गर्नका लागि सीप सिकायौं उहाँले भन्नु भयो, अब सीप सिके अनुसारको व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्नु पर्दछ । तालिम समापन कार्यक्रममा बोल्दै प्रशिक्षार्थी द्वय अनिता चौधरी र इश्वरी चन्दले तालिमबाट व्यवसाय गर्न हौसला थपिएको बताउनु भयो ।