दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ चम्फा सार्कीलाई नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखाले सहयोग गरेको छ् । मंगलवार मधयरातमा जंगली हात्तीले चम्फा सार्कीको घर भत्काएपछि नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीले चम्फाको घरपरिवारलाई राहत सामग्री हस्तान्तरण गरेको नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखाका सभापति गोपाल दत्त जोशीले जानकारी दिएका छन् । जंगली हात्तीले चम्फाको घर भत्काउनुको साथै खाद्यान्न, लत्ताकपडा तथा भाडाकुडा नष्ट गरेको थियो ।
आर्थिक अवस्था दैनिय रहेका चम्फालाई हिजो नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखाका सभापति गोपाल दत्त जोशीले त्रिपाल, कम्वल, म्याट्रेस भाडाकुडा, लत्ताकपडा लगाएत सामग्री सहयोग गरेका हुन् । भारत संग सीमा जोडिएको बडुवाल टोल बासिन्दा हात्तीको उपद्रोबाट हैरान छन् । रातीको समयमा कच्ची घर भएको छिमेकी पक्की घर भएकामा रात बिताउन बाध्य भएका छन् ।
कतिबेला जंगली हात्तीको आक्रमणमा परि ज्यान जाने हो भन्ने बिषयमा स्थानियहरु त्रसित छन् । रातभरी स्थानियहरु हात्ती धपाउनैमा रात बिताउछन् ।