अनिदोमा बडुवाल टोल !

दोधारा । दोधारा चाँदनी नगरपालिका–३ का लिला मगर रातीको समयमा चयनले सुत्न पाउदैनन् । दिन भरि काममा थाकेर आराम गर्नका लागि घर आउने लिला मगर आराम गर्ने सपना करिब तिन महिना देखि पूरा भएको छैन् । कारण एउटै हो, जंगली हात्तीको आतंक । दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडुवाल टोल भारतिय जंगल संग जोडिएको बस्तीमा दैनिकरुपमा रातीको समयमा निस्कने जंगली हात्तीको आतंकले हैरान मात्र नभई आजित भएका छन् । बडुवाल टोलका लागि उनि एक उदाहरणका पात्र मात्र हुन् । उनि जस्ता करिब सय घरधुरी स्थानीयवासीलाई दिनभरि काम गरेर राति आराम गर्ने बेलामा हात्ती धपाउनु पर्ने बाध्यता रहेको छ् । जंगली जनावरको आतंक र आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु परेको बडुवाल टोलका स्थानिय महाबिर क्षेत्रीको भनाई छ् ।

हात्तीको बथान आएर घरमा तोडफोड गर्न थाले संगै मौका परेको बेला मानवीय क्षति समेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको उनिहरु बताउछन् । नेपाल—भारत संग जोडिएको बडुवाल टोलमा भित्रिने दर्जनौ हात्तीको बथान धपाउन र वन्यजन्तुको आक्रमणबाट जोगिन रातभर जाग्राम बस्न बाध्य भएको महाबिर क्षेत्रीले बताएका छन् । ‘बाली नाली भएको बेला रातभरी सुत्न पाईदैन’ स्थानीय महाबिर क्षेत्रीले भने– ‘अब त खेतमा अन्नवाली सकियो घर भत्काउन थाल्यो ।’

बिगत लामो समय देखि बस्तीमा जंगली हात्तीको हुलले अन्नवाली खाईदिने, घर भत्काईदिने तथा मानिसमा आक्रमण गर्न थालेको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी रानाले बताए । केही दिन देखि हात्तीले घर भत्काउन थालेपछि स्थानियमा त्रास अझै बढेको उनको भनाई रहेको छ् । कच्ची घर हुनेहरुले खाना खाएर नजिकै छिमेकीको पक्की घरमा रातभरी आश्रय लिएर बस्दै आएको वडा सदस्य रानाले बताए । एक तथ्यांक अनुसार झण्डै ९० घरपरिवारको यस पटक धान र मकै क्षती गरेको छ् ।

मध्यरातमा बस्तीमा पसेर घर भत्काउने, घरमा भएका खाद्यान्न तथा लत्ताकपडा नष्ट गर्न थाले संगै स्थानियहरुले केही दिन अघि बस्तीमा गणेश भगवानको पुजा आराधान समेत गरेका हुन् । यस पटक हात्तीले दिपक औजी, अमर मगर र रने सार्की, लिला मगर र चम्फा सार्कीको घर तथा भान्सा भत्काएर खाद्यान्न, भाडाकुडा, लत्ताकपडाको क्षती बनाएको स्थानियहरुले बताएका छन् ।

 

ताजा समाचार