बडुवाल टोलमा नगर स्तरिय क्रिकेट प्रतियोगिता संचालनको तयारी, टिम दर्ता सुरु

दोधारा । दोधारा चाँदनीमा नगर स्तरिय क्रिकेट प्रतियोगिताको तयारी गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा टि–१० दोधारा चाँदनी क्रिकेट प्रतियोगिता संचालन गर्न लागिएको प्रेम खत्रीले जानकारी दिएका छन् । सिके युवा ग्रुप प्रतियोगिताको आयोजना गर्ने भएको बताईएको छ् । बडुवाल टोलको खेल मैदानमा आउदो १६ गते देखि संचालन हुने सिके युवा ग्रुपका चन्द्रेश खत्रीले बताएका छन् ।

लागु औषधको बिरुद्धमा अभियान अन्तर्गत प्रतियोगिता संचालन गर्न लागिएको बताईएको छ् । प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ६१ हजार १ सय ११ रुपिँया र द्धितिय हुनेलाई रु. ३१ हजार १ सय ११ धनरासी तथा शिल्ड राखिएको आयोजक संस्था सिके युवा ग्रुपले जनाएको छ् ।

ताजा समाचार