कञ्चनपुरको बेलडाँडीमा कार्तिक १० गतेदेखि सञ्चालन हुने रामलीलाको तयारी अन्तिम चरणमा

केशब थापा / कञ्चनपुर: कञ्चनपुरको बेलडाँडीमा रामलीलाको तयारी अन्तिम चरणमा पुगेको छ । लोक परम्परागत धर्म, संस्कृति, कला, संस्कार र सत्चरित्रका लागि यही कार्तिक १० गतेबाट रामलीला सञ्चालन गरिने बेलडाँडी रामलीला मूल आयोजक समितिका संयोजक कमान बिष्टले जानकारी दिनुभयो ।

यसअघि कार्तिक ११ गतेदेखि सञ्चालन गर्ने भनिए पनि ११ गते ग्रहण लाग्ने हुँदा एक दिन अगाडि नै रामलीला सुरु गरिने उहाँले बताउनु भयो । शुक्रबार दिउँसो ३ बजेदेखि श्रीगणेश पूजा आरम्भ गरिने र साँझ ७:३० बजेदेखि रामलीला मञ्चन गरिने रामलीला मूल आयोजक समितिका महासचिव जयबहादुर कुँवरले जानकारी दिनुभयो ।

बेलडाँडी गाउँपालिका नजिकै रहेको खुला मैदानमा रामलीला सञ्चालन गर्ने गरी आवश्यक पूर्वतयारी अन्तिम चरणमा रहेको उहाँले बताउनु भएको छ । रामलीलामा आम सर्वसाधारण सबैलाई सहभागी भइदिन हुन समेत आयोजक समितिले आह्वान गरेको छ

ताजा समाचार