सशस्त्र प्रहरीद्वारा दोधारा चाँदनीमा अबैध चल्ला बरामद


दोधारा । कञ्चनपुरमा सशस्त्र प्रहरीले अबैध सामान बरामद गरेको छ । शनिबार दोधारा चाँदनी नगरपालिका– ४ देउराली घाटबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी कञ्चभोजबाट खटिएको टोलिले भारतबाट अबैध रुपमा नेपाल भित्र्याईएको वेवारिसे अवस्थामा रहेको अन्दाजी मुल्य रु. एक लाख चार हजार पाँच सय बराबरको अबैध कुखुराको चल्ला बरामद गरेको हो ।

बरामद गरिएको चल्लालाई स्थानिय जनप्रतिनिधि तथा स्थानियहरुको रहोबरमा खाल्डोमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।


ताजा समाचार

spot_img