एसियालि खेलकुदमा नेपालले पदक जित्ने सम्भावना, महिला कबड्डिमा पहिलो जित

नेपाली महिला टिम तथा कबड्डीबाट भने पहिलो पदक जित्दै इतिहास बन्ने सम्भावना कायम


कञ्चनपुर : हाङझाउ एसियाली खेलकुदमा नेपालले पदक जित्ने सम्भावना बढेको छ। महिला कबड्डीमा सोमबार बंगालदेशलाई ३७-२४ ले पराजित गरेसँगै नेपालको पदक सम्भावना बढेको छ।

सोमबार विहान चीनको हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट-२ मा भएको भिडन्तको १५ मिनेटको पहिलो हाफमा नेपालले २१-१६ को अग्रता लिएको थियो। दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गरेपछि नेपालले जित निकालेको हो।

महिला कबड्डीको समूह ‘बी’ मा नेपाल, इरान र बंगलादेश छन्। समूह ’ए’ मा दक्षिण कोरिया, भारत, थाइल्यान्ड र चाइनिज ताइपेई छन्। एसियाली खेलकुदको महिला कबड्डीमा सात टिमको मात्र सहभागिता छ। जसमा तीन टिम रहेको समूहमा पर्दा नेपालको एक खेल जिते मात्र सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ।

समूह ‘बि’ मा नेपालको समूहको इरान बलियो टिम हो। नेपालले अर्को खेल इरानसँग भोलि मंगलबार खेल्नेछ। उक्त खेलमा पराजित भएपनि नेपालको सेमिफाइनल सम्भावना कायम नै हुनेछ। त्यसका लागि पर्सी बुधबार इरानले बंगलादेशलाई पराजित गर्नु पर्नेछ।

एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनलमा पराजित हुने टिमलाई पनि कास्य पदक जिते व्यवस्था छ। यसर्थ नेपालका लागि सेमिफाइनलमा पुग्दै कबड्डीबाट कम्तिमा कास्य पदक जित्ने अवसर हुने छ।
नेपालले कबड्डीबाट एसियाली खेलकुदमा पदक जिते त्यो टिम खेलबाट दोस्रो पदक हुनेछ। यस अघि सन् २०१८ को इन्डोनेसियाको एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको टिम इभेन्ट्सबाट रजत जितेको थियो। एसियाली खेलकुदमा नेपाली महिला टिम तथा कबड्डीबाट भने पहिलो पदक हुँदै इतिहास बन्नेछ।

नेपाली कबड्डि टिममा मेनुका कुमारी राजवंशी (कप्तान), मनमति विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे , नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु, कलावती पन्त रहेकि छन् ।

खेलतालिका यस्तो छ:


Loading Viewer...

ताजा समाचार

spot_img