एकता युवा समाज बेलडाँडीको अध्यक्षमा गिरी

महेन्द्रनगर : कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिकामा रहेको एकता युवा समाजको अध्यक्षमा युवा उद्यमी ललित गिरी चयन भएका छन ।

बेलडाँडी गाउँपालिका वडा नम्बर २ मा अवस्थित रहेको एकता युवा क्लबलाई परिमाजिर्त गरेर एकता युवा समाज बनाई उक्त समाजको अध्यक्षमा युवा उद्यमी ललित गिरी चयन भएका हुन । उक्त एकता युवा क्लबले विगतमा बेलडाँडीमा खेलकुद सहितका विवित समाजिक काम गर्दै आएको थियो ।

एकता युवा क्लब लाई परिमार्जित गरेर एकता युवा समाजले आगामी दिनमा खेलकुद क्षेत्रलाई मात्र नहेरी समाज रुपान्तरणका लागि सधै अग्रसर भएर नयाँ फरक ढंगले समाजका लागि काम गर्ने नवनिर्वाचित अध्यक्ष गिरिले प्रतिबद्धता जाहेर गरेका छन् ।

उनले भने , आउँदा दिनमा निरन्तर युवा वर्गलाई लक्षित गर्दै एउटा कुलतमा बस्नबाट बच्नका लागि नयाँ योजनाका साथ कार्यको थालनी गर्ने र निरन्तर दीगो विकासका लक्ष्य लिएर काम गर्ने छौँ । जसमा समाजिक विकासका कामकाज अघि बढाउने र एकता युवा क्लब लाई अब नयाँ ढंगले एकता युवा समाजको नाममा दर्ता गर्ने अध्यक्ष गिरिले बताए।

ताजा समाचार