संविधान दिवसमा दोधारा चाँदनीमा दिप प्रज्वलन


दोधारा । संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ । दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालय परिसरमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले जानकारी दिएका छन् । नेपालको नक्सा बनाएर मैनबत्ती बालेर संविधान दिवस मनाईएको वडा सदस्य सिंहले बताएका छन् ।

मा दिप प्रज्वलन कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, वडा सदस्य गगन बहादुर सिंह, सरस्वती लोहार, वडा सचिव भिम सिंह घटाल लगाएत स्थानियह्रुको उपस्थिती रहेको थियो । यस्तै उत्थानशिल युवा संजाल दोधारा चाँदनीले दोधारा चाँदनी नगरपालिका– ५ र ६ मा रहेको हेल्थपोष्ट बजार क्षेत्रमा पनि दिप प्रज्वलन गरि संविधान दिवस मनाएको खबर प्राप्त भएको छ् ।

संविधान सभाबाट २०७२ असोज ३ गतेका दिन नेपालको संविधान घोषणा भएको थियो । संविधान घोषणाको दिनलाई बर्सेनी संविधान दिवसका रुपमा मनाउदै आएको छ् ।


ताजा समाचार

spot_img