बाल दिवसको अवसरमा कमलशा बाल क्लव दोधारा चाँदनीद्धारा बतृत्वकला प्रतियोगिता (हेर्नुस् भिडियो)


दोधारा । बाल दिवसको अवसरमा कमलशा बाल क्लव दोधारा चाँदनीले बतृत्वकला प्रतियोगिता र सांस्कृतीक कार्यक्रम सम्पन्न भएको छ् । ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा कमलशा बाबा मन्दिर संरक्षण समिति अन्तर्गत गठित कमलशा बाल क्लवद्धारा आज आयोजित बतृत्वकला प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको कमलशा बाल क्लव दोधारा चाँदनीले जनाएको छ् । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नारा सहित ५९ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर संचालन भएको बतृत्वकला प्रतियोगितामा ओंमकार आधारभुत बिद्यालयका भुपेश चदारो, नितु सुनार, द्धितियमा लक्ष्मी माबिका सुरज सिंह साँउद र तृतियमा लक्ष्मी माबिका कोमल सुनार भएका छन् ।

प्रतियोगिता प्रथम भएकालाई रु. ७ सय, द्धितिय हुनेलाई रु. ५ सय र तृतिय हुने बिद्यार्थीलाई रु. ३ सय ५० नगद रकम हस्तान्तरण गरिएको कमलशा बाबा मन्दिर संरक्षण समिति दोधारा चाँदनीका संयोजक केशव प्रसाद बरालले जानकारी दिएका छन् । यस्तै ४ जना बिद्यार्थीलाई सान्त्वना पुरुस्कार समेत प्रदान गरिएको थियो । प्रतियोगितामा ओंमकार आधारभुत बिद्यालय, ओंम पुष्पाञ्जली बोर्डिङ स्कुल र लक्ष्मी माबिका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कमलशा बाबा मन्दिर संरक्षण समिति दोधारा चाँदनीका संयोजक केशव प्रसाद बरालको सभापतित्वमा संचालन भएको बतृत्वकला प्रतियोगिता र सांस्कृतीक कार्यक्रममा लक्ष्मी माबिका प्रअ रमेश प्रसाद उपाध्याय, ओंमकार आधारभुत बिद्यालयका प्रअ दिपक चन्द्र ओझा, शिक्षक टंकलाल जोशी, मदनराज गिरी, सुरज थापा्, माईती नेपालका लक्ष्मी थापा गुरुङ्ग तथा बिद्यार्थीहरुको बाक्लो सहभागिता रहेका थिए । कार्यक्रम संचालन भुवन बिहारी पन्तनले गरेका थिए ।


ताजा समाचार

spot_img