दोधारा । दोधारा चाँदनी नगरपालिकाका मृगौला पिडित सागर सुनारको जिवन रक्षाको लागी युएईबाट सहयोग प्राप्त भएको छ् । दोधारा चाँदनी नगरपालिका– ८ का वडा सदस्य सागर सुनार बिगत केही समय देखि मृगौलामा समस्या आएर काठमाण्डौंमा उपचार भईरहेको छ् । सागरको जिवन रक्षाको लागी युएईबाट नारायण कुमारको पहलमा रु. २६ हजार ३ सय रुपिँया सहयोग पठाएका हुन् ।

बैदेशिक रोजगारीबाट नेपालबाट गएर युएईमा बस्दै आएका नारायण कुमारको पहलमा अनिल बस्नेत, राजप्रकाश सनार, सत्यम सुनार, गोईन्द ओली, नन्द किशोर थापा, बिक्रम सुनारबाट सहयोग संकलन गरि रु. रु. २६ हजार ३ सय रुपिँया रकम सागरको उपचारमा सहयोग पठाएका हुन् ।

भारतको अस्पतालमा उपचार अत्यन्त महंगो भएको कारण उपचार गर्न सम्भव नहुने देखेपछि काठमाण्डौं उपचार भईरहेको सागरका परिवारजनले बताएका छन् । यस अघि सागरको उपचारको लागी बिभिन्न ब्यक्तीहरुले सहयोग संकलन गरि उपचार रकम पठाएका हुन् ।







