नेपाल जान लागेका क्लबका सदस्य र खेलाडी लाई दम्माम भेट्रान फुटबल क्लबले गर्‍यो ससम्मान बिदाई

पदम बहादुर महत/ साउदी : नेपाल प्रस्थान हुन लागेका क्लबका खेलाडी/सदस्यलाई लाई दम्माम भेट्रान फुटबल क्लबले स-सम्मान बिदाई गरेको छ।

खेलकुदको विकास र समाजिक रुपान्तरणका लागि निरन्तर अग्रसर रहदै आएको यस क्लबले आफ्नो सक्रिय सदस्य तथा खेलाडीको मर्मलाई मध्यनजर गर्दै प्रसंशा पत्र संगै हवाई टिकट दिएर आइतबार एक कार्यक्रमको आयोजना गरेर स-सम्मान बिदाई गरिएको दम्माम भेट्रान फुटबल क्लबका महासचिव पासाङ शेर्पाले जानकारी दिएका छ्न।

आफ्नो नियमित प्रशिक्षण मैदानमा गरिएको उक्त बिदाई कार्यक्रममा क्लबका अध्यक्ष रोशन श्रेष्ठद्वारा धन्यवाद तथा शुभकामना मन्तव्य दिइएको थियो भने कार्यक्रममा क्लबका सल्लाहकार उमेश भट्टराई , उपाध्यक्ष रतन राई, सुर्य मगर , कृष्ण लावती, कोषाधक्ष्य गोपाल बस्नेत, ब्यबस्थापक पदम महत तथा क्लबका अन्य सदस्यहरुको समेत उपस्थिती रहेको थियो।

ताजा समाचार