नेपाली दिदिबहिनी समुह साउदी द्धारा तिज विशेष कार्यक्रमको आयोजना गर्ने

पदम बहादुर महत/ साउदी : नेपाली दिदिबहिनी समुह साउदी द्धारा तिजको शुभकामना आदानप्रदान एवम् तीज विशेष कार्यक्रम २०८० को आयोजना गर्ने जमर्को बनाएको छ।

हरेक बर्ष झैँ यस बर्ष पनि नेपाली दिदिबहिनी समुह साउदी आरबले तीज विशेष कार्यक्रम २०८० को आयोजना ८ सेप्टेम्बर २०२३ शुक्रबारका दिन बिहान ११ बजे देखि बेलुका ६ बजे सम्म गल्फ दरबार होटेल अल खोबर कार्यक्रमको आयोजना गर्ने कार्यतालिका रहेको आयोजकले बताएको छ।

“तीजको लहर ,आयो बरिलै ” भन्ने मुल नाराका साथ
हरितालिका तीज २०८० को हर्दिक मंगलमय शुभकामना साथै
सम्पुर्ण नेपाली दाजु भाई तथा दिदिबहिनीहरुमा कार्यक्रममा उपस्थितिको लागि समेत हार्दिक निमन्त्रणा समेत गरेको छ।

सांस्कृतिक परम्परा लाई आत्मसात गर्दै वैदेशिक रोजगारीका लागि गएका श्रमिक / श्रमजीवी नेपालिले स्वदेशमा मात्र नभएर निरन्तर प्रवासमा पनि तिज विशेष कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

ताजा समाचार