पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिका–३ आशा थापा रातीको समयमा चयनले सुत्न पाउदैनन् । दिन भरि काममा थाकेर आराम गर्नका लागि घर आउने आशा आराम गर्ने सपना करिब तिन साता देखि पूरा भएको छैन् । कारण एउटै हो, जंगली हात्तीको आतंक । रातभरी २०/२२ हात्तीको बथान बस्तीमा पसेर आतंक मच्चाउछ् । बस्तीका सबै हात्ती धपाउनमा रहन्छन् । बच्चा देखि बुढा सम्म खेतवारीमा हात्ती धपाउदा रातभरी सुत्नै पाउदैनन् । घर नजिक बच्चा सहित हात्तीको बथानले कत्तिबेला घर भत्काएर ज्यान लिने हो भन्ने त्रासले बस्तीनै अनिदोमा रहन्छ् । जंगली हात्तीको आतंकको कारण बस्तीमा रहेको गणेश आधारभुत बिद्यालयमा बिद्यार्थीहरु गयल हुने र शिक्षकहरुले पढाउदा समेत निदाउने गरेको अभिभावकह्रुले बताएका छन् । रातीको समयमा हात्तीको त्रासको कारण सुत्न नपाएको कारण त्यस्तो समस्या आएको हो । भारतिय जंगल संग जोडिएको बस्तीमा दैनिकरुपमा रातीको समयमा निस्कने जंगली हात्तीको आतंकले हैरान मात्र नभई आजित भएका छन् ।


दुई साता देखि हात्तीको बथानले आशा राना क्षेत्री, लक्ष्मी राना क्षेत्री, गोल्मा सुनार, प्रेम कामी, सपना सुनार, दिलसरा घर्ती मगर, जयन्ती लुहार, पदम कमी, प्रेम सुनार, जयसरा लुहार, हरि सुनार, बिन्दु मगर, गिता जैशी, बिक्की जैशी, शान्ती सुनार, आशा थापा, सरस्वती थापा मगर, देबराज जोशी, गिता सिंह ठकुरी, चन्द्रकला घर्ती मगर, नर बहादुर मगर, महाबिर क्षेत्री, कमला सुनार लगाएत दर्जनौ किसानहरुको धान तथा मकै खेतनी खाएर, उद्यनेर नष्ट गरेको छ् । हात्ती धपाउन रातको समयमा स्थानीयहरु रातीको समयमा जाग्रम बस्दै आएका छन् । समूह–समूहका जम्मा भएर अबेर बिहान सम्म स्थानीयहरु हात्ती धपाउने गरेको स्थानियबासी आशा राना क्षेत्रीले बताएका छन् । हात्तीको बथान आएर घरमा तोडफोड गर्नुका साथै स्थानीयवासीको बाली र मौका परेको बेला मानवीय क्षति समेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको उनिहरु बताउछन् ।


‘बाली नाली भएको बेला रातभरी सुत्न पाईदैन’ स्थानीय आशा राना क्षेत्रीले भनिन् । केही वर्ष अघि सोलार फेन्सीङको बिग्रीएपछि जंगली जनावर निर्बाधरुपमा बस्ती पस्ने गरेको र बस्तीमा आतंक मच्चाउने गरेको उनले बताए । रातीको समयमा हात्तीले सुतेको नजिक आएर बितण्डा मच्चाउने गरेका कारण रातीको समयमा ज्यान जोगाउन समस्या भएको अर्का स्थानियबासी महाबिर क्षेत्रीको भनाई रहेको छ् । प्रत्येक समसाँझै २०/२२ हात्तीको बथान बस्तीमा पसेर अन्नवाली नष्ट गरिदिनुको साथै बस्तीनै आतंकित गर्ने गरेको महाबिर क्षेत्रीले बताए ।


नेपाल सरकारले बडुवाल टोलमा बिगत लामो समय देखि जंगली हात्तीको आतंकको बिषयमा चरम उदासिनता देखाउदै आएको स्थानियहरुको आरोप रहदै आएको छ् । ‘सरकारले जनताको जिउ धनको सुरक्षाको ग्यारेन्टी लिनु पर्छ’ गिता सिंह ठकुरीले भने– ‘यहाँ त हामीलाई कतिबेला राती हात्तीले ज्यान लिने हो भन्ने हामीमा त्राश छाएको छ् ।’






