दोधारा । दोधारा चाँदनी नगरपालिकाले छाडा चौपाया नियन्त्रणको लागी निमार्ण गरेको काँजी खोरको उपमेयर गंगा देबी जोशीले स्थलगत अनुगमन गरेका छन् । दोधारा चाँदनी नगरपालिका– १, २, ३, ४, ५, ६, ७ र १० वडामा रहेको छाडा चौपाया नियन्त्रणको लागी निमार्ण गरिएको काँजी खोर र त्यसमा राखिएको छाडा चौपायाको अवस्थाको जानकारी लिन दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले स्थलगत अनुगमन गरेका छन् ।


उपमेयर जोशी संगै दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य तथा अनुगमन समितिका सदस्य गगन बहादुर सिंह रहेका थिए । आज अबेर साँझ देखि सुरु गरिएको अनुगमनले काँजी खोरको अवस्था, छाडा चौपायाको संख्या, छाडा चौपाया नियन्त्रणका लागी नगरपालिका कार्यालयले राखेको हेरालुको अवस्थाको बारेमा बिबरण संकलन गरेको छ् ।


छाडा चौपायाले खेतवाली नष्ट गरेको जनगुनासो आए संगै दोधारा चाँदनी नगरपालिका कार्यालय वडाका बिभिन्न स्थानमा काँजी खोर निमार्ण संगै हेरालुको ब्यवस्था गरेको हो ।







