दोधारा चाँदनीमा नगर स्तरिय फुटवल प्रतियोगिता संचालनको तयारी


दोधारा । दोधारा चाँदनी नगरपालिकामा श्री कृष्ण जन्माष्टमीको उपलक्ष्यमा लक्ष्मी माबि दोधारामा फुटवल प्रतियोगिता संचालन हुने भएको छ् । युथ फुटवल क्लव दोधारा चाँदनीको आयोजनामा दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माबिमा आउदो ८ गते देखि नगर स्तरिय फुटवल प्रतियोगिता संचालन हुने भएको युथ फुटवल क्लव दोधारा चाँदनीका दिलु क्षेत्रीले जानकारी दिएका छन् ।

प्रतियोगिताको लागी तयारीमा युथ फुटवल क्लव दोधारा चाँदनी जुटेको उनले बताएका छन् । प्रत्येक वर्ष लक्ष्मी माबिमा संचालन हुदै आए्को नगर स्तरिय फुटवल प्रतियोगिता यस वर्ष पनि संचालन हुने भएको हो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा फुटवल खेल्ने र हेर्नेहरुको क्रेज बढ्दो छ् ।

प्रतियोगितालाई सभ्य तथा भब्य बनाउन आयोजक संस्था युथ फुटवल क्लवले सबैलाई अनुरोध गरेको छ् ।


ताजा समाचार

spot_img