दोधारा : सशस्त्र प्रहरी सिमा सुरक्षा बलले दोधारा चाँदनीमा उद्धार सामग्री दुरुपयोग गरेको आरोप छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियावकर) लाई एक गैरसरकारी सरकारी संस्थाले दिएको उद्धार सामग्रीको दुरुपयोग गरि रमाईलो गर्दै गरेको सामाजिक संजालमा तस्बिर भाईरल भएको छ् ।


हिजो सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कुतियावकरमा रहेको लाईफ ज्याकेट, उद्धार बोट लगाएत सामग्री प्रयोग गरि महाकाली नदीमा रमाईलो गरिएको तस्बिर सामाजिक संजालमा सार्वजनिक भए संगै स्थानियहरुले आपत्ती जनाएका छन् । लाईफ ज्याकेट लगाएर हुक्का पिउदै गरेको तस्बिर सार्वजिक भएको हो ।

सशस्त्र प्रहरीको उद्धार सामग्री दुरुपयोग भएको बारेमा स्थानिय युवाहरुले हिजै देखि आपत्ती जनाउदै आएका हुन् । सशस्त्र प्रहरीले गरेको उद्धार सामग्री दुरुपयोगको बारेमा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियावकर) ले पाहुनालाई घुमाउन लागिएको बताएको छ् ।







