वडाध्यक्ष खत्रीले दिए दोधारा चाँदनी नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने चेतावनी
दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्रीले नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने चेतावी दिएका छन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै कार्यपालिकाको बैठक नबसेको खण्डमा ठाडो आदेशमा म्याराथुन दौड, कार्यकर्ता भर्ना गरेको मेयर किशोर कुमार लिम्बुलाई आरोप लगाउदै गरिएको अबैधानी कृयाकलाप नसच्चाए पालिकामा तालाबन्दी गर्ने चेतावानी दिएका छन् । ‘राजनीतिक पूर्वाग्रह राखेर शिक्षा समिति को निर्णय गरेर काम गरिरहेको फाँटका निर्मल चन्दज्यूलाई हटाएर आफ्नो नजिकको पार्टी को सहयोगीलाई ल्याएर राख्ने ,तपाईंहरुको धेरै ज्यादती भयो ।


आफ्नो अनुकुल समिति बनाएर जे मन लाग्यो त्यै निर्णय गरेको छ् । खेलकुदमा त्यस्तै गरेको छ् । अझै कर्मचारीहरुलाई फेरबदल गर्ने र आफ्नो मान्छेलाई कहाँ छिराउनु पर्ने हो । त्यो पनि तयारी हुदैछ् भन्ने सुनेको छु । यो नगरपालिका कसैको बाउको दाईजोको पेवा होईन् । जे मन लाग्यो त्यै गर्ने । हामी पनि सरकारमा छौ । आफू अनुकूल समिति भयो भन्दैमा धेरै ज्यादती नगरौं । तपाईं मेयर भयर जे मन लाग्यो त्यै गर्ने हो । हामी त्यो समितिले निर्णय गरेको मान्दैनौं । किनकि यी सबै समितिलाई खारेज गरी नयाँ समिति बनाउने भन्ने निर्णय भएको थियो ।


तपाईले कार्यपालिका भित्र द्धन्द्ध गराउन खोज्नु भएको छ् । आउने कार्यपालिकामा हामी पनि हेर्छौ । यही हो झोले प्रविधी भनेको अगाडी कसरी चल्छ हेर्छौ । अब नगरपालिकामा तालाबन्दी नगरी हुदैन् । यो धेरै ज्यादती भएको देख्न सक्नु हुन्छ् । भित्र एक आपसमा टाउको फुटनै पर्ने स्थिति देखि रहेको छु । पार्टी बाज गर्न आएको हो । पुरै हामी जनप्रतिनिधी एक भएर ज्यादतीको बिरोध गरी आन्दोलनमा उत्रनुपर्छ । नगरपालिकामा ताला बन्द गर्नु पर्छ् । हेर्नुहोस मेयरको हरकत आम जनताले बुझेका छन्’ दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशब बहादुर खत्री आफ्नो सामाजिक संजालमा लेखेका छन् ।







