दोधारा चाँदनी नगरपालिकामा किसानहरुले बुझाए ज्ञापन पत्र


दोधारा । दोधारा चाँदनी नगरपालिका कार्यालयमा किसानहरुले ज्ञापन पत्र बुझाएका छन् । एक कार्यक्रमको बिच दोधारा चााँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई किसानहरुले ज्ञापन पत्र बुझाएका हुन् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगेर मेयर लिम्बुलाई ज्ञापन पत्र बुझाएको कृषक तमान सिंह गुरुङ्गले जानकारी दिएका छन् । उनिहरुले पशुपक्षी पालक किसानहरुका लागि विशेषज्ञ पशु चिकित्सक व्यवस्था गरिनु पर्ने, सहुलियत दरमा विउ विजन तथा मलखादको व्यवस्था गरिनु पर्ने, किसानहरुलाई लम्प स्किन रोगको उपचार व्यवस्था गरिनु पर्ने, छाडा चौपायाको ब्यवस्थापन गरिनु पर्ने लगाएत माँग राखेका छन् ।

‘तत्काल पशुपक्षी पालक किसानहरुका लागि विशेषज्ञ पशु चिकित्सक व्यवस्था गर्ने, सहुलियत दरमा विउ विजन तथा मलखादको व्यवस्था गरिनु पर्दछ, किसानहरुलाई लम्प स्किन रोगको उपचार व्यवस्था गरिनु पर्दछ, पशुपक्षी निकासी कर फिर्ता हुनुपर्दछ, किसानहरुलाई सहुलियत दर कृषि ऋणको व्यवस्था गरिनु पर्दछ, किसानहरुको उत्पादन लाइ स्थानीय सरकारले उचित बजार व्यवस्थापनमा सहकार्य गर्ने, किसानहरुलाई आधुनिक कृषि औजारमा अनुदान दिइनु पर्दछ, किसानहरुलाई आवश्यक कृषि व्यवसायिक तालिम को व्यवस्था गर्ने, कोल्ड स्टोर सञ्चालनमा ल्याउने, छाडा चौपायको व्यवस्थापन गर्नु पर्ने’ ज्ञापन पत्रमा भनिएको छ् ।


ताजा समाचार

spot_img