दोधारा चाँदनीमा फेरी जंगली हात्तीको उपद्रो : सरोकारवाला मुकदर्शक


दोधारा :दोधारा चाँदनी नगरपालिकाको बडवाल टोलमा जंगली हात्तीको बथानले फेरी उपद्रो मच्चाउन थालेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जगबुडा नदीको पारि भारत संग जोडिएको सिमा बस्ती बडवाल टोलमा फेरि जंगली हात्तीको बथानले उपद्रो मच्चाउन थालेको छ् । रातीको समयमा बस्तीमा पसेर धान तथा मकै खेती खान थालेपछि स्थानियहरु हैरान हुन थालेका छन् । वर्ष भरीको खेती एकै रातमा खाएर तथा उधनेर नष्ट गर्न थाले संगै स्थानियबासी चिन्तीत भएका छन् । गएराती पनि ३ वटा हात्तीको बथानले बडवाल टोल आसपास बस्तीमा आतंक मच्चाएको स्थानियहरुले बताएका छन् । हात्तीको बथानले दर्जनौं स्थानियहरुको धान, मकै र चरी खेती नष्ट गरेको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले बताएका छन् ।

हात्ती धपाउन स्थानियहरुले थाली बजाउने, हल्ला मच्चाउने, आगो बाल्ने गरेको बताएका छन् । हात्तीले जय किसन भाम, प्रेम कामी, जयपुरी जोशी, बिरु सुनार, आशा राना क्षेत्री गरि एक दर्जन भन्दा बढी किसानहरुको धान, मकै तथा चरी खेती हात्तीले खाएर नष्ट गरेको वडा सदस्य लक्ष्मी राना क्षेत्रीले बताएका छन् । बडवाल टोल भारतिय जंगल संग जोडिएको सीमा बस्ती हो । बिगत लामो समय देखि खेतीको समयमा हात्तीको बथान बस्तीमा पसेर खेतवाली नष्ट गर्ने, घरहरु भत्काईदिने गर्दै आएको छ् । २०५५ सालमा दोधारा चाँदनी नगरपालिकालाई मध्यवर्ती क्षेत्र घोषणा गर्दा जीउ धनको सुरक्षा संगै खेती बालीको सुरक्षा हुने स्थानीयको आशा थियो । वन्यजन्तु संरक्षण संगै आय–आर्जन कार्यक्रमले गाँउ, बस्ती खुशीयाली आउनेमा सर्वसाधारण विश्वस्त थिए । मध्यवर्ती क्षेत्र घोषणा गरेको दशक बित्न लाग्दा पनि बन्यजन्तुले दिएको पीडा घट्नुको साटो बढ्दै गएको छ् । स्थानीयको सुरक्षाका लागि सरकारले गर्नु पर्ने व्यवस्था नगर्दा उनीहरु दुखी छन् ।

स्थानीय पशुपती चन्द भन्छन् ‘बडवाल टोलमा जंगली हाक्तीको आत्रमण त्रास संगै खेतीपाती नोक्सानी रोकिएको छैन् ।’ उनका अनुसार राती हात्तीको बथान बस्तीमा भित्रिदा बस्तीमा स्थानियहरु रातभरी सुत्न नपाएको बताए । हात्ती बस्तीमा पसेर खेतीवाली खान थालेपछि स्थानीयहरुमा ज्यान जोगाउन हम्मे–हम्मे परेको स्थानियहरुले बताएका छन् । ‘गएराती हात्तीको बथान बस्तीमा पसेर आतंक मच्चाउन थालेपछि रातभरी सुत्न पाएका छैनौं’ आशा राना क्षेत्रीले भने– ‘खेती हरियो हुन थाल्यो, हात्तीको आतंक फेरी सुरु हुन्छ् ।’ भारतीय जंगल संग जोडिएको बस्ती बडवाल टोलमा जंगली हात्तीको त्रासमा रात बिताउनु पर्ने उनिहरुमा बाध्यता रहेको छ् । ‘अरु काम छाडेर रातीको समयमा जंगली हात्तीबाट कसरी बाच्ने भन्ने उपाय खोज्नु परेको छ्’ राना क्षेत्रीले भने । सरकारले बन्यजन्तु संरक्षण गरेर विकास ल्याएको भए पनि विनाश र क्षति न्यूनीकरणको पक्षमा मौन बसेको स्थानीयको गुनासो छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img