दोधारा । नेपाली काग्रेंस दोधारा चाँदनीको नगर सम्मेलनमा अग्रज नेताहरु सम्मानिय भएका छ् । नेपाली काग्रेंस दोधारा चाँदनीले सुक्रवार आयोजना गरेको नगर सम्मेलनमा १५ जना अग्रज बयोबृद्ध नेताहरुलाई सम्मानित गरेको नेपाली काग्रेंस दोधारा चाँदनीले जनाएको छ् । सम्मानित हुनेमा डम्मर सेठी, पदम सिंह पुजारा, अर्जुन सिंह नगारी, कृणा देबि चन्द, प्रताव जोशी, महाबिर चन्द, गणेश बहादुर सिंह, लाल बहादुर चन्द, किशन भण्डारी, गम्भीर सिह भण्डारी, जगत बहादुर शाही, मोहन सिंह राना मगर, हरि शंकर रोकाया मगर, बिरु बुढा, मीन बहादुर सिंह र मोति सुनार सम्मानित भएका छन् ।


‘नेपाली कांग्रेसको आदर्श र निष्ठाको राजनितिक धरातालमा उभिएर निस्वार्थ भावले जिवन भर कांग्रेस र समाजका लागि महत्वपूर्ण योगदान गर्नुहुने दोधारा चाँदनीका आदरणीय बयोबृद्ध अग्रज नेताज्यहरुलाई हार्दिक बधाई सहित विशेष सम्मान आजको नगर सम्मेलन मार्फत गरियो’ सामाजिक संजाल फेसबुक मार्फत नेपाली काग्रेंस दोधारा चाँदनीले जनाएको छ् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा सांसद रमेश लेखक लगाएत नेताहरुले सम्मानित नेताहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।







