पुनर्वास स्थित आई.बि.आर.डी बजार मा एक करोड लागतमा अत्याधुनिक सुविधासम्पन्न वर्गर हाउस सञ्चालन


पुनर्वास : कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ आई.बि.आर.डी. बजारमा अत्याधुनिक सुविधासम्पन्न‘ वर्गर हाउस न्यू लुक्सका साथ सञ्चालनमा ल्याएको छ । युवा पुस्तामा एकदमै लोकप्रिय रहेको वर्गर हाउस समय सापेक्षित रेष्टुरेन्ट जगतमा अहिले को’ एउटा राष्ट्रिय ब्रान्ड हो । औपचारिक रुपमा सञ्चालनमा आएको वर्गर हाउस पुनर्वासमा करिब १ करोड को लागतमा भित्र्याएका हुन ।बिशेष गरी पुनर्वास, बेलौरी र बेलडाँडी एरियामा रहेका ब्यपारी,मेडिकल कलेज तथा शैक्षिक संस्थाहरुलाई लक्षित गर्दै ब्यवसायी, युवा, विद्यार्थी तथा स्वास्थ्कर्मी बिच वातावरण अनुकूल सेवा सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको सञ्चालक सुर्य तामाङले जानकारी दिए। पुनर्वास को मुटु मानिने आई बि आर डी बजार मा केही फरक स्वादका परिकार पस्कने उद्देश्यले रेस्टुरेन्ट खोलेको भन्दै तामाङले इन्डियन, चाइनिज, कन्टिनेन्टल लगायत विभिन्न परिकार का साथमा पस्किने खाजा घरको नाम नै बर्गर हाउस भएकाले बर्गर हाउस सञ्चालनमा फोकस गरिएको बताए ।सञ्चालनमा आएको बर्गर हाउसमा आउने ग्राहकले खानाको स्वादसँगै केही बेर आराम पनि महसुस गर्न सक्ने सञ्चालक तामाङले बताए ।’
यती ठूलो लगानीको यो किसिमको सुविधासम्पन्न र पारिवारिक जमघट गर्न सकिने पुनर्वासको पहिलो फाष्टफुड हाउस हो ।वर्गर हाउसमा क्रञ्चि वर्गर, कफि, फाष्टफुडका परिकार सहित अर्डर अनुसारको परिकार पाईनेछ ।एकपटकमा ७० देखि ८० जना सम्मलाई सेवा दिने यस हाउसमा आकर्षक इन्टेरियर, सभाहल एवं रेष्टुरेण्ट एण्ड बार रहेकाो छ । उनले भने “हाम्रो लक्षित वर्ग युवा हुन्’, ब्राण्ड कन्सियस र गुणस्तरीय सेवा प्रदान गर्न पनि यो रेष्टुरेन्ट खोलेका हौं । रेस्टुरेन्टमा स्वादिलो खाना, सरसफाई, आन्तरिक सजावट र पारिवारिक वातावरण रेस्टुरेन्टका लागि अत्यावश्यक भएकाले यी कुरामा ध्यान दिएको र होम डेलिभरीका साथै विभिन्न किसिमका पार्टी तथा गेट टुगेदरका लागि स्पेसको पनि व्यवस्था रहेको सञ्चालक तामाङको भनाई छ। आगामी दिनहरूमा ग्राहकहरुको सेवा सुविधा तथा आवस्यकता लाई मध्यनजर गर्दै सञ्चालनमा आएको वर्गर हाउसले विभिन्न किसिमका अफर तथा सहुलियतमा फ्रन्चाइ आइटमहरु पर्सल तथा होम डेलिभरि समेत गर्ने वर्गर हाउसका संचालक सुर्य तामाङले जानकारी दिए । उक्त बर्गर हाउस तामाङ का ९० बर्षीय हजुर आमा कान्छीमाया तामाङको बाहुलीबाट रिबन काटि शुभारंभ गरिएको थियो।

Loading Viewer...

ताजा समाचार

spot_img