कञ्चनपुर: कैलालीको टीकापुर मुक्त कमैया शिबिरमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेश धनगढी,कैलालीको आयोजनामा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढीको प्राविधिक सहयोगमा बुधबार टीकापुर नगरपालिका १ मुक्त कमैया शिबिर शक्तिनगरमा निस्शुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको हो । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेश धनगढीकी अध्यक्ष एकता बोहराले टिकापुर अस्पतालका डा.रेम कुमार राई र सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढीका प्रहरी नायव उपरीक्षक डा.सबिता सिंहलाई शिबिरमा योगदान गरे बाफत प्रशंसा पत्र समेत प्रदान गरेका थिईन ।
उक्त शिबिरबाट बाल,बालिका,युवा,युवती,जेष्ठ नागरिक समेत गरि ४०१ जनालाई निस्शुल्क स्वास्थ्य सेवा लिएका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहरा लगायत नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेश धनगढीका पदाधिकारीहरु समेतको उपस्थिती रहेको थियो । गाँउमा प्रहरी श्रीमती संघले प्रहरीको सहयोगमा निःशुःक शिबिर संचालन गरेपछि स्थानीय हर्षित भएका छन ।






