भीमदत्त १३ सोनापुरमा एकिकृत नमुना बस्ती निर्माण गरिदै

कञ्चनपुर : कञ्चनपुरको पश्चिम महाकाली नदी तटिय क्षेत्र सोनापुर गाँउमा एकिकृत नमुना बस्ती निर्माण शुरु गरिएको छ । भीमदत्त नगरपालिका १३ सोनापुर गाँउमा एकीकृत नमुना बस्ती निर्माण शुरु भएको हो । भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष राम बहादुर बोहरा(झक्क्कास)को योजनामा नमुना बस्ती निर्माण कार्य अघि बढाईएको छ । स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएपछि झक्कासले वडाको अति विपन्न गाँउ सोनापुर बस्तीको मुहार फेर्ने उदेश्यका साथ नमुना बस्ती निर्माण गर्ने योजना ल्याएका थिए । घाँस, खरका घर हुँदा बर्षातमा डुवान पर्ने, हिउँदमा बस्न नसकिने र अन्य समयमा समेत जोखिमयुक्त बसाई हुने भएकाले वडाध्यक्ष झक्कासले वडा, स्थानीयको सहयोगमा नमुना बस्ती निर्माण कार्य अघि बढाएका छन ।

यसैबर्ष १५ जेठ गणतन्त्र दिवसकै दिन सोनापुर बस्तीकी बेसाहरा बृद्ध महिला अन्जलादेवी दमाईको घर निर्माण गरिएको छ । भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले गरिब, अति विपन्न एव दलित समुदायको सुरक्षित आवासका लागि बस्ने घर सहित उक्त गाँउमा विकासका पूर्वाधारका योजना शुरु गरिएको बताए । आधारभूत स्वास्थ्य केन्द्र, बाल विकास केन्द्र, हाट बजार व्यवस्थापन, सिँचाईका लागि बोरिङ्ग निर्माण गरिएको छ । ‘हामीले अति विपन्न बेसाहरा जेष्ठ नागरिकको पक्की घर निर्माण कार्य आधा पु¥याईसकेका छौँ, ‘वडाध्यक्ष झक्कासले भने, ‘वडाबाट केही बजेट र बाँकी स्थानीयबाट सहयोग लिएर बस्ती निर्माण कार्य अघि बढाएका छौँ ।’ दुईतिन दिन भित्रै अर्की विपन्न महिला जमुनादेवी दमाईको घर पनि निर्माण गर्ने वडाध्यक्ष झक्कासले बताए ।

‘जसको पनि हामी घर बनाउँछौँ, पुरै खर्च वडाले बेर्होने हो, ‘उनले भने, ‘स्वदेश तथा विदेशमा रहेका दाजुभाईबाट समेत सहयोग पाईरहेको छ ।’पालिका, प्रदेश र संघीय सरकारसंग सहयोग मागेर उक्त अभियान सफल बनाईने वडाध्यक्ष झक्कासले बताए ।वडाध्यक्ष झक्कासले पाँच बर्षको अवधिमा ३० विपन्न समुदायका घर निर्माण गरिने लक्ष्य रहेको बताए । नमुना बस्ती निर्माण भीनपा १३ अभियानका संयोजक महेशराज भट्टले निर्माण कार्य जारी रहेको बताए । संयोजक भट्टले एकीकृत नमुना बस्तीका घर निर्माणसंगै वडामा विभिन्न समाजिक कार्य गर्दै आएको बताए । टिकटक स्टार अन्शु बर्मा र देउडिया जेआर भट्टले एकीकृत नमुना बस्ती उद्घाटनकै दिन आ–आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । नमुना बस्ती निर्माणका लागि वडाले समेत निजी क्षेत्रबाट अभियान नै संचालन गरेको छ । एकीकृत नमुना बस्तीबाट पक्की घर निर्माण हुन थालेपछि बेसाहरा अन्जलादेवी दमाई हर्षित भएकी छिन । झुपडीमा कष्टकर जिवन विताउन बाध्य भएकी अन्जलादेवीले सित्तैमा पक्की घर निर्माण हुन थालेपछि वडाध्यक्ष झक्कासप्रति आभार प्रकट गरेकी छिन ।

ताजा समाचार