डिल्लीराज पन्त / कञ्चनपुर : कञ्चनपुर जिल्लाको उत्तरी चुरे क्षेत्रमा रहेको बैजनाथ धाम रौटेला मन्दिरमा भव्य मेला लागेको छ । मेला संगै मन्दिरमा पुजा अर्चान ्गर्ने हरुको घुईचो बढेको छ । सदरमुकाम महेन्द्रनगर देखि १२ किलोमिटर उत्तरमा अवस्थित यो प्रचिन मन्दिरमा प्राचिनकाल देखिनै पुजा अर्चना गर्ने चलन रहदै आएको छ । एक रिर्पोट सदरमुकाम महेन्द्रनगर देखि १२ किलोमिटर उत्तरमा अवस्थित जिल्लाकै प्रमुख धामको रुपमा लिइने श्री बैजनाथ धाम रौटेला मन्दिरमा दर्शनार्थिको घुईचो लागेको छ । हरेक बर्ष माघ महिनामा पर्ने शुक्ल नवमी र दशमीको दिन भव्य मेलालाग्ने र आफ्नो मनोकांक्षा पुरा होस भनी पुजा अर्चना गर्ने दर्शनार्थिहरुको भिडनै लाग्ने गरेको पण्डित रामदत्त भट्टले बताएबा छन ।

मेलामा अवांंछित गतिविधि हुन नदिन सुरक्षा व्यवस्थाको समेत प्रहरी प्रशासनको सहयोगमा प्रवन्ध मिलाईएको मेला व्यव्स्थापन समितिले जनाएको छ । माघ शुक्ल नवमिको रातभरी जाग्राम बसी भक्तजनहरुले मन्दिरमा भजन किर्तन गर्ने र दशमिको दिन विहानै न्वाई—ध्वाई गरी शिव भगवानको पुजा अर्चना गर्ने गरीन्छ भने कतिपय गाउ गाउ वाट स्थानियहरुले आफ्नो मनोकांक्षा पुरा होस भनी वजा गाजा सहित ध्वजा, त्रिशुल , घण्टा सहित नाचगान र भजन गाउदै मन्दिर आउने गर्दछन । रौटेला धाममा पुजा अर्चना र आराधना गर्दा आफ्नो र परिवारको मनोकांक्षा पुरा हुने र सुख शान्ति हुने जनविश्वासका कारण आफुहरु विहानै देखि पुजा अर्चनागर्न मन्दिरमा आएको भक्तजन हरुले बताएका छन ।
भक्तालुहरु प्रचिनकालमा यो शिवधाम कञ्चनपुरको रौटेला गाउमा अवस्थित रहेको हुदा सो गाउको नाम वाटै रौटेला मन्दिर को नामले प्रचलित हुदै गएको छ । परापुर्वकाल मा शिव भगवान सन्तको रुपमा चुरे मलास क्षेत्र हुदै यो ठाउमा सर्पको रुपमा वास वसेर गएका हुदा पछि सो क्षेत्रलाई शिवधामको रुप दिई मन्दिर स्थापना गरएको किवदन्दि रहेको र आफुहरुका पुर्खाहरुले नै यस मन्दिरमा पुजा अर्चना गर्न वर्षेनी.कैलाली तथा डडेल्धुरा लगायत क्षेत्र वाट आउने गरेको डडेल्धुरा अमरगढि नगरपालिकाका राम सिंह भण्डारीले बताएका छन ।

मेला भर्न र पुजा–अर्चना गर्न हजारौको संख्यामा छिमेकी जिल्ना कैलाली , डडेल्धुराका साथै सिमावर्ति भारतीय क्षेत्र उत्तराखण्डको बनवासा —टनकपुर वाट समेत भक्तालुहरु आउने गर्दछन । यस मन्दिरमा पुजा अर्चना गर्दा विभिन्न मनोकांक्ष पुराहुने जनविश्वास रहदै आएको छ । यस क्षेत्रलाई स्थानिय स्थर वाट मन्दिर को उचित संरक्षण र प्रचार प्रसार गर्न सके धार्मिक पर्यटनको विकास संगै आर्थिक विकास समेत हुने देखिन्छ ।
