कञ्चनपुर: जिल्लाका दुई पालिकामा यौनिक तथा लैङ्गकि अल्पसंख्यक विषयक अभिमुखिकरण तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ।बिहिवार सामाजिक विकास कार्यालय कञ्चनपुरको आर्थिक सहयोगमा सहयात्रा नेपालले कञ्चनपुरले दुई पालिका बेलडाँडी गाउँपालिका र पुनर्वास नगरपालिका अन्तर्गत रहेका शाखा प्रमुख कर्मचारीको उपस्थितिमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक विषयक अभिमुखिकरण तथा पैरवी कार्यक्रमको आयोजना गरिएको सहयात्रा नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक चाल्स बोन सिजापतीले बताउनु भयो।
उनका अनुसार ,कार्यक्रम बेलडाँडी गाउँपालिका र पुनर्वास नगरपालिका मा आयोजना गरिएको हो। बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश चन्द्र राना, उपाध्यक्ष शान्ती नाथ , प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशी लगायत शाखा प्रमुख कर्मचारीको उपस्थितिमा पैरवी कार्यक्रम गरिएको हो।
कार्यक्रममा उपाध्यक्ष नाथले यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका लागि सामाजिक सुरक्षा भत्ताको रुपमा मासिक २५ सयका दरले दिने गरेको छ। आगामी आर्थिक २०८०/०८१ मा पनि नीति तथा कार्यक्रम विनियोजन गर्ने समेत प्रतिबद्धता समेत गर्नु भएको छ।
बेलडाँडी पालिका अध्यक्ष रानाले यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकारका लागि पालिका सधै अग्रसर रहने र आगामी आर्थिक वर्षमा नीति तथा कार्यक्रम विनियोजन गरि निर्वाचित जनप्रतिनिधि संग वृहत् रुपमा अभिमुखिकरण तथा पैरवी कार्यक्रम गर्नका लागि सहयात्रा नेपाल संग पालिकाले समन्वय गर्ने बताउनु भयो।

यसैगरी उक्त दिनमा पुनर्वास नगरपालिका पनि उप-प्रमुख भुलिया कुमारी रानाको प्रमुख अतिथिमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक विषयक अभिमुखिकरण तथा पैरवी कार्यक्रमको आयोजना गरिएको हो।पुनर्वास नगरपालिका उप-प्रमुख भुलिया कुमारी राना, प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऎरी लगायत शाखा प्रमुख लगायत कर्मचारीको उपस्थिति रहेको थियो।
उप-प्रमुख रानाले आगामी आर्थिक वर्ष २०८०/०८१ मा कार्यक्रम तय संगै बजेट विनियोजन गरि सहयोग सधै नगरपालिकाले सहयोग गर्ने र हक अधिकारका समेत सुनिश्चित गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ। आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्दा यो समुदाय लाई समावेश हुने गरि बजेट विनियोजन गर्ने बताउनु भयो।
कार्यक्रममा यौनिक तथा लैङ्गकि अल्पसंख्यक विषयक बारेमा सहयात्रा नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक चाल्स बोन सिजापतीले प्रस्तुतीकरण गर्नु भएको थियो।

