विश्व वातावरण दिवसका अवसरमा दोधारा चाँदनी र भिमदत्त नगरपालिकामा वृक्षारोपण

दोधारा । प्रतिकुल मौसम र संरक्षण गर्ने चुनौतीका बीच ५१ औं विश्व वातावरण दिवस ५१ औं वल्र्ड ईन्भाईरोनमेन्ट डे २०२३ सन्दर्भमा दोधारा चाँदनी र भीमदत्त नगरपालिकाक विभिन्न वडाहरुमा वृक्षरोपण गरिएको छ् । कंचनपुर को दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र भीमदत्तको खल्ला मुसेट्टीमा महाकाली करिडोर निर्माणको क्रममा धेरै रुखहरु कटान हुने भएपछि वातावरण संरक्षण कंचनपुर क्षेत्र नं. ३ का पुर्व सांसद डा. दिपक प्रकाश भट्टको पहलमा वृक्षरोपणको शुरुवात गरिएको हो । दुबै नगरपालिका विभिन्न खाली स्थानका साथै सशस्त्र प्रहरी बलको पोष्टहरुमा, विद्यालयहरु र सामुदायिक वनहरुमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

सुख्खा बन्दरगाह निर्माणका लागि दोधारा चाँदनीमा ३ सय रुख र महाकाली करिडोरको निर्माणका लागि भीमदत्तको वडा नं ९ मा १ हजार ९ सय ५१ रुख कटान गर्नुपर्ने वातावरणीय प्रभाब मूल्याकंन प्रतिवेदनमा उल्लेख्य गरिएको छ् । वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ को प्रावधान अनुसार एक रुख काट्दा २५ रुख रोप्नु पर्दछ् । विकासका विभिन्न योजनाहरुमा यो प्रावधान पुरा गरेको देखिदैन् ।

वातावरण संरक्षण, सन्तुलन र संवद्र्यनका लागि हातेमालो गर्दै अगाडी बढ्न समेत डा. भट्टले सबैलाइ आग्रह गरेका छन् । कञ्चनपुरमा मात्रै यी दुई योजनका लागि १ लाख २३ हजार ७ सय ७५ रुख रोप्नु पर्दछ् । महाकाली करिडोरको थप डडेलधुरामा २ लाख ६१ हजार ८ सय ७५, बैतडीमा १ लाख १४, हजार ९ सय र दार्चुलामा ५१ हजार ५० रुख रोप्नु पर्ने हुन्छ् ।

ताजा समाचार

This will close in 10 seconds