दोधारा चाँदनीमा सार्वजानिक बाटो संचालनमा जग्गा दान गर्नेहरुलाई सम्मान

दोधारा । दोधारा चाँदनी नगरपालिकामा सार्वजनिक बाटो खोल्न जग्गा दिने दातालाई सम्मान गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ शेरा टोलमा सार्वजनिक सडक निमार्ण कार्यमा जग्गा दान गर्ने सामाजसेवी जोगेन्द्र सिंह भण्डारी, नैनसरा देबी मगरलाई स्थानियहरुले सम्मान गरिएको छ् । आज एक कार्यक्रमको बिच सामाजसेवी जोगेन्द्र सिंह भण्डारी, नैनसरा देबी मगरलाई सम्मान गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिएका छन् । शेरा टोलमा ६ मिटर चौडा र झण्डै एक किलोमिटर लामो नयाँ बाटो निमार्ण भएको छ् । बिगत लामो समय देखि सडक नहुदा स्थानियहरुलाई हिडडुल गर्न र घरायसी समान ओसार पसार गर्न असहज हुदै आएको थियो ।

दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीको पहलमा नयाँ सडक खोल्ने कार्य सम्पन्न भएको स्थानियबासी मोहन सुनारले बताएका छन् । वडाध्यक्ष खत्रीको चुनावी बाँचा अनुसार वडाको बिभिन्न स्थानमा सडक खोल्ने र सडक निमार्ण कार्यलाई अघि बढाईएको छ् । यस्तै सम्मान कार्यक्रममा बाटो संचालन गर्न जग्गा दान गर्ने जैसरा देबी थापा, पार्वती देबी कट्टेल, अमृता देबी थापा, जमुना कुमारी रावत (खड्का), मनमाया देबी राना मगर, गौरी राना मगर, खड्क सिंह थापा, मोहन सिंह सुनार, नर बहादुर बोहरा, बिर बहादुर सुनार, करन बहादुर सुनारलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले नयाँ बाटो निमार्णमा स्थानियहरुले सघाउदै आएको बताएका छन् ।

वडाध्यक्ष खत्रीले नयाँ बाटो संचालनमा जग्गा दान गर्ने सबैलाई धन्यबाद दिदै आगामी दिनहरुमा समेत स्थानियहरुमा सहयोगको अपेक्षा राखेको बताएका छन् । वडाध्यक्ष केशव खत्रीको सामाजिक कार्यको स्थानियहरुले उच्च प्रशंसा गदैृ आएका छन् ।

ताजा समाचार

This will close in 10 seconds