दोधारा चाँदनी– ४ मा एक हप्ते चुरापोते तालिम सम्पन्न


दोधारा । दोधारा चाँदनी नगरपालिकामा एक हप्तै चुरा पोते तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ को आयोजनामा महिलाहरुको लागी एक हप्ते चुरा पोते तालिम सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् । सधै घरायसी काम धन्दामा मात्र सीमीत रहने महिलाहरु खली बसेको बेला सीप सिकेर आत्मनिर्भर बन्नुपर्छ भन्ने उद्धेश्यले तालिम संचालन गरिएको वडाध्यक्ष सुनारले बताएका छन् ।

१५ जना सहभागिता रहेको तालिममा सहभागीहरुले सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जाहेर गरेका छन् । महाकाली महिला बिकास संस्था दोधारा चाँदनीको आयोजनामा संचालन भएको एक हप्ते चुरा पोते बनाउने तालिमका प्रशिक्षक छाया चन्द रहेका थिए ।

वडाध्यक्ष भक्त बहादुर सुनारले वडामा बसोबास गर्ने महिलाहरुलाई आर्थिक उपार्जन संग जोड्न आफु प्रयासर्त रहेको बताएका छन् ।


ताजा समाचार

spot_img