आपतकालिन अवस्थामा समुदायको सुरक्षा तथा संरक्षणको लागी हातेमालो

दोधारा । पछिल्लो समयमा बढ्दै गएको जलवायु परिवर्तनको असरले गर्दा विपदका घटनाहरु पनि दिनानु दिन बढ्दै गइरहेका छन् । समयमा वर्षा नहुने, बेमौसमी वर्षा, नदी कटान, डुबान जस्ता समस्याहरु पछिल्लो समयमा बढेर गएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा वर्षातका बेला बाढीको कारण हरेक वर्ष स्थानियहरुको लाखौ रकम बराबरको धनमाल नष्ट हुने तथा दर्जर्नौ स्थानियहरु घरबार विहिन हुन समेत बाध्य छन् । यसको लागी समयमै पुर्व तयारी गर्न सकिएन भने लाखौको धनमाल संगै स्थानियहरुको अकालमै ज्यान जाने सक्ने प्रवल सम्भावना त्यत्तीकै छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८, ९ र १० वडा बाढीको उच्च जोखिममा रहेको वडाहरु हुन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाले दोधारा चाँदनी नगरपालिका कार्यालय संग समन्वय गरि गरिएको जलवायु उत्थानशील समुदाय निर्माणका केहि सिक्न लाएक उपलब्धिहरु देखिएका छन् ।

दोधारा चाँदनी नगरपालिकाको बाढीको उच्च जोखिममा रहेका बस्तीलाई लक्षित गर्दै स्थानियहरुलाई समेटेर आपतकालिन अवस्थामा समुदायको सुरक्षा तथा संरक्षणको लागी अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ् । यहाँका समुदाय हरेक वर्ष बाढी, डुबान र कटान जस्ता विपद्को हैरानी व्यहोर्न बाध्य छन् । त्यसैले जिविकोपार्जनको मुख्य आधार कृषि पेशा हुदाहुदै पनि कृषि प्रति यहाँका किसानहरुको वितृष्णा बढ्दै छ् । प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरणको लागी पुर्व तयारी, छिटोछरितो राहत उद्धार र पुन:स्थापनका लागि दोधारा चाँदनी नगरपालिका र गैरसरकारी संस्थाहरुले बिभिन्न अभ्यास गरिदै आएको दोधारा चाँदनी नगरपालिका कार्यालयका बिपद् फोकल पसैन रघुनाथ भट्टले बताएका छन् । दोधारा चाँदनी नगरपालिकामा आज एक कार्यक्रमको बिच आपतकालिन अवस्थामा समुदायको सुरक्षा तथा संरक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् ।

बिशेषत : बाढी तथा विपदको बेला लैगिंक असहमानता हुने देखिएको कारण त्यसको न्युनिकरणको लागी बिभिन्न अभ्यासहरु थालिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक सुनारले बताएका छन् । कार्यक्रममा बिभिन्न संघ–संस्थाका महिलाकर्मी, दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखा, बिपद् ब्यवस्थापन समितिका पदाधिकारी, जोखिममा रहेका स्थानियहरुलाई समेटेर आपतकालिन अवस्थामा समुदायको सुरक्षा तथा संरक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् ।

बिपद्को बेला महिला, बालबालिका, अपांग, अशक्त, बिपन्न बर्गका स्थानियहरुलाई कसरी जोगाउन भन्ने बिषयमा अभिमुखिकरण गरिएको बताईएको छ् । विपद् जोखिम न्यूनीकरण प्रभावकारी समन्वय र सहकार्य गरिने प्रतिबद्धता गरिएको छ् । पूर्वसूचना, तत्काल जनशक्ति परिचालन, राहत उद्धार तथा पुन:स्थापनका लागि स्थानिय बिच हातेमालो गरिनुपर्ने आवश्य रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

पूर्वतयारी, घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितको पुन:स्थापना लगाएत बिषयमा नगर क्षेत्रमा बिभिन्न खाले अभ्यास भईरहेको अभ्यासलाई गुणात्मकरुपमा बढाउन जरुरी भएको सहभागीहरुले जोड दिएका छन् ।

ताजा समाचार

This will close in 10 seconds