कैलाली : नेपाल सरकारको पाठ्यक्रममा आधारित यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको विषय बारे विद्यार्थी लाई अभिमुखीकरण गराइएको छ।यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको विषयमा पाठ्यक्रममा आधारित विषय बस्तुको बारेमा त्रिभुवन माध्यमिक विद्यालय टिकापुर का कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु लाई विद्यालयमा अभिमुखीकरण कार्यक्रम संचालन गरियो ।
सुदूरपश्चिम समाज धनगढीले पाठ्यक्रममा आधारित यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको बारेमा विद्यालयको आग्रहमा सामाजिक विषयमा आधारित पाठ्यक्रममा रहेर उक्त समुदायको बारेमा जानकारी दिएको सुदूरपश्चिम समाज धनगढीका कार्यक्रम संयोजक राजु लामाले बताउनु भयो।त्रिभुवन माध्यामिक विद्यालयका प्रधानाध्यापक रविन्द्र कठायतले आग्रह लाई सहजै आत्मसात गर्दै सुदुर पश्चिम समाजले विद्यार्थी लाई अभिमुखीकरण गरिएको हो। साथै कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थी र विद्यालय परिवार लाई सुदूरपश्चिम समाजले हार्दिक धन्यवाद समेत दिएको छ। आगमी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको छ।