पुनर्वास नगरपालिकामा ७ दिने कलाकार प्रशिक्षण कार्यक्रमको शुभारम्भ किशोर कुमार तामाङ

पुनर्वास : कञ्चनपुरको दक्षिणी भेग पुनर्वासमा ७ दिने कलाकार प्रशिक्षण कार्यक्रम एक औपचारिक कार्यक्रमका बीच शुभारंभ गरिएको छ। पुनर्बास नगरपालिकाको आर्थिक सहयोग र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सहाकार्य मा राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान द्बारा ७ दिने कलाकारिता प्रशिक्षण कार्यक्रम पुनर्वास नगरपालिका वडा नं ६ को सभाहलमा सञ्चालन गरिएको छ। एक साप्ताह अर्थात ७ दिन सम्म गीतगायन, वाद्यवादन र नृत्यतर्फ गरी तीन विधामा प्रशिक्षण दिइने उक्त कार्यक्रममा करिव पुनर्वासका ६० जना प्रशिक्षार्थीहरु सहभागी हुनेछन् । उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुलाई सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर काठमाडौंबाट आउनुभएका प्रशिक्षक कुलमान नेपाली,नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्रोफेसर शिजा नन्द ढुंगेल र राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष लिलाधार बासकोटाले गायन, नृत्य र वाद्यवादनमा प्रशिक्षण दिने नगर फोकल पर्सन ओमनाथ ढकालले जानकारी दिनुभयो।
कार्यक्रममा पुनर्वास नगरपालिकामा लामो समयदेखि लेखन, गीतगायन, वाद्यवादनमा योगदान पुर्याउने ब्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए। सम्मान हुनेहरूमा लेखक तथा कबि गणेश दत्त न्यौपाने “कौडनिय”, दिनानाथ बराल “ममरिधि” र वाद्यवादनमा मान बहादुर ओड र दुर्गा दत्त मोक्तान रहनु भएको थियो। पुनर्वास नगरपालिका वार्ड नं ६ को सभाहलमा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतले कलाकरिताको महत्व बारे प्रकाश पार्दै शुभकामना व्यक्त गर्नुभएको थियो । सुदुरपश्चिम सरकार का आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिह को प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त कार्यक्रममा बिशिष्ट अतिथिमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टि एन जोशी, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा रहनु भएको थियो।
यसैगरी अतिथिमा निवर्तमान नगर प्रमुख जिवनराज थापा, वडाध्यक्षहरू मित्र सिंह लामा, राना श्रवण, तुलसी अर्याल, डम्मर थापा,मनोज सापकोटा, मोहनलाल राना लगायत ११वडाका वडाध्यक्ष हरू ,आमा समूहका अगुवाहरु, समाजसेवी, बुद्धिजीवी ब्यक्तित्व र पत्रकारहरूको उपस्थिति रहेको थियो। राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष लिलाधार बासकोटाको सभापतित्वमा सञ्चालन गरिएको उक्त कार्यक्रममा पुनर्वास नगरपालिका वडा नं ६ का वडाध्यक्ष मित्र तामाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम लाई राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका कर्मचारी गोमा ढकालले सञ्चालन गर्नुभएको थियो ।

ताजा समाचार

This will close in 10 seconds