बेस बल तथा सफ्ट बल संघको अध्यक्षमा ओम प्रकाश भट्ट

कञ्चनपुर : कञ्चनपुर जिल्ला बेस बल तथा सफ्ट बल संघको अध्यक्षमा ओम प्रकाश भट्ट चयन भएका छन् । आइतबार भएको कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खडकाको प्रमुख आथित्य तथा नेपाल बेस बल संघका केन्द्रीइ सदस्य दिपेन्द्र कार्कीको अध्यक्षतामा कञ्चनपुर जिल्ला बेस बल तथा सफ्ट बल संघको सर्व सम्मती बाट अध्यक्षमा भट्ट चयन भएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा सुसील चन्द, सचिव अर्जुन पार्की, कोषाध्यक्ष विधान चौधरी, सदस्यमा रमेश शाह, सुनिल सिह र निलम जोशी चयन भएका छन् ।

ताजा समाचार