सुदूरपश्चिम प्रदेश फुटवल संघ प्रथम अधिवेशन उद्घाटन समारोह सम्पन्न

कञ्चनपुर: सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सुरु गरिएको प्रथम अधिवेशन सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आयोजना गरिएको छ ।

सुदूरपश्चिम प्रदेश फुटबल सँघका अध्यक्ष दिनेश श्रेष्ठ साभापतित्वमा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सदस्य सचिव दिपक बहादुर सिंहको रहको थियो भने विशिष्ट अतिथीमा कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुबेर खडका रहुन भएको थियो । आज भएको प्रथम अधिवेशनमा जिल्लामा रहेका विभिन्न विद्याका खेलाडीहरुको उपस्थिती रहेको थियो । आजै नयाँ कार्यसमिती पनि चयन हुने आयोजक सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले बताए । वहाँले ‘आगामी दिनमा फुटबलको विकासमा आउने समितिले पनि सकारात्मक भूमिका खेल्ने विश्वास लिएको छु । फुटबल प्रतिको लोकप्रियता बढदै गएको अवस्थमा राज्यले यस खेल प्रति आफनो दायित्व र लगानी पनि बढाउने आफुले आशा लिएको’ उनले बताए ।

बर्तमान फुटबल संघले विभिन्न समयमा फुटबलका कार्यक्रम सञ्चालन गरेको थियो त्यसै समयमा कोरोना जस्तो प्राण घातक रोगका कारण फुटबल सँगले गति लिन पाएन् तर अहिले वर्तमान परिस्थीतीमा अवस्था सामान्य भई सकेकोले आगामी दिनहरुमा सुदूरपश्चिम प्रदेश फुटबल विकासका लागि हामी सबै एक जुट हुन जरुरी छ र नयाँ कार्य समितिले यसलाई निरन्तरता दिने अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रमा सञ्चालन सुदूरपश्चिम प्रदेश फुटबल सँघका महासचिव काशीराम बोहराले गर्नु भएको थियो ।

ताजा समाचार