एचआईभी एड्स बाट मृत्युबरण गरेको स्मृतिमा महेन्द्रनगरमा दिप प्रज्वलन

कञ्चनपुर: एचआईभी एड्स बाट मृत्युबरण गरेका मानिसको स्मृतिमा कञ्चनपुरको महेन्द्रनगरमा दिप प्रज्वलन गरिएको छ ।

आइतबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगर मदन चोकमा दिप प्रज्वलन गरिएको हो । सहयात्रा नेपाल कञ्चनपुर , नब आशा, एनएनएसडब्लूए सहितका एचआईभीका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले दिप प्रज्वलन गरेका हुन ।

सहयात्रा नेपाल कञ्चनपुरका अनुगमन तथा मुल्याङकन अधिकृत अरुणा सुवेदीले एचआईभीबाट मृत्यु बरण गरेकाको स्मृतिमा महेन्द्रनगरमा समेत अन्र्तराष्ट्रिय एडस क्यान्डल दिवस २०२३ मनाएको बताए ।

विश्व भरी नै आज मे २१ तारिखका दिन एचआईभी एसडबाट मृत्युबरण गरेको स्मृतिमा दिप प्रज्वलन गरिएको छ। नेपालमा पनि विभिन्न जिल्लामा एचआईभीएड्स न्यूनीकरणका क्षेत्रमा कार्यरत संघसंस्थाले उक्त दिवस मनाएका छन् ।

ताजा समाचार

This will close in 10 seconds