समाजवादी प्रेस संगठन दाङको अध्यक्षमा सूर्य बिसी

वैशाख: एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको जिल्ला अध्यक्षमा लेखक एवं पत्रकार सूर्य बिसी निर्वाचित भएका छन् । झण्डै दुई दशकदेखि साहित्य सिर्जना, शिक्षण र पत्रकारितामा रहेका बिसी यस अघि पूर्व सहरी विकास मन्त्री मेटमणि चौधरीको प्रेस संयोजक समेत थिए ।

विहिबार घोराहीमा आयोजित भेलाले बिसीको नेतृत्वमा ११ सदस्सीय संस्थापक कमिटि निर्वाचित गरेको हो । भेलाले उपाध्यक्षमा पुरन चौधरी र हरिकला बाँठा मगरलाई जिम्मेवारी दिएको छ भने सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः महम्मद याकुब, सिर्जना चौधरी र खिमा घर्ति मगरलाई जिम्मेवारी दिएको छ ।

ताजा समाचार

This will close in 10 seconds