प्रथम ‘दम्माम भेट्रान गोल्डकप’ को च्याम्पियन सम्रानी स्टार

साउदी: प्रथम दम्माम भेट्रान गोल्डकप’को उपाधी सम्रानी स्ट्रार फुटबल क्लबले हात पारेको छ फाइनल खेलमा युनाइटेड फुटबल क्लबलाई हराउँदै प्रतियोगिताको विजेता बनेको हो । भने उपविजेतामा युनाइटेड फुटबल क्लबले चित्त बुझाएको थियो । नयाँ वर्ष तथा मुस्लिम धर्मावलम्बीहरूको महान चाड ‘इद अल फितर’को अवसरमा आयोजित गरिएको दुई दिवसीय ‘खुल्ला नकआउट फुटबल प्रतियोगिता’ अप्रिल २१ र २२ तारीख साउदी अरबको अलखोबारस्थित अजिजियाको खेलमैदानमा सम्पन्न भएको हो।

उक्त, प्रतियोगितामा साउदी अरबमा स्थापित नेपाली फुटबल क्लबहरूको सहभागीता रहेको थियो । सहभागी टिमहरूमा ‘क्यारीफोर एफसी’, ‘नेस्मा एफसी’, अजिजिया युथ एफसी’, ‘तमिमि एफसी’, ‘हिमालयन गेदुङ एफसी’, ‘पानस एफसी’, ‘एनआरएनए–एनसीसी एफसी’, ‘एफएनएफसीएच एक्सआइ एफसी’, ‘नश्रीया एफसी’, क्रिस्टियन एफसी’, ‘राष्टनुरा एफसी’, ‘गल्फ एसिया एफसी’, ‘सम्रानी मून एफसी’, ‘मुग्लान एफसी’, ‘जोतुन एफसी’, ‘अल–अमरा एफसी’, ‘सम्रानी स्टार एफसी’, ‘युनाइटेड एफसी’, ‘डिभिएफसी ब्लु’ गरी जम्मा २० क्लबहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामाका खेलहरू फिफा नियम अनुसार खेलाइएका थिए । खेलमा विभिन्न विधाहरूमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । जसमा ‘बेस्ट डिफेन्स’मा सुरज बल तामाङ सम्रानी स्टार एफसीबाट, ‘बेस्ट स्ट्राइकर’मा नवीन राई युनाइटेड एफसीबाट, ‘बेस्ट गोलकिपर’मा राज लिम्बू युनाइटेडएफसीबाट, बेस्ट कोचमा ब्रीजेस तिवारी सम्रानी स्ट्रार एफसीबाट, खेलभरको ‘हाइ स्कोर’मा आयोजकका प्रज्वल तामाङले हात पारेका थिए भने ‘बेस्ट खेलाडी’मा सम्रानी एफसीका इन्द्र पुन मगर घोषित भएका थिए ।प्रथम दम्माम भेट्रान गोल्डकपको उपाधी हात पार्न सफल क्लब सम्रानी स्टार एफसीले साउदी रियल ५१५१ एक लाख ७७ हजार रुपैया) नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ भने उपविजेता युनाइटेडएफसीले साउदी रियल २५२५ (८९ हजार नेपाली रुपैया) प्राप्त गरेको छ ।

खेलको उद्घाटन सत्र औपचारिक रूपमा सञ्चालन गरिएको थियो । नेपाली राजदुतावास रियादका जनसम्पर्क अधिकारी नारायण पासवानको प्रमुख आतिथ्यतामा प्रतियोगिता को उद्घाटन गरिएको थियो उक्त कार्यक्रममा साउदी अरबमा क्रीयशिल विभिन्न वैचारिक संगठनहरू, सामाजिक तथा जातीय संघसंस्थाहरूको आतिथ्यतामा सम्पन्न भएको थियो ।

खेलको दोस्रो दिन नेपाली राजदुतावास रियादका राजदुत नवराज सुवेदीको उपस्थिति रहेको थियो उक्त उपस्थितिमा राजदुत सुवेदीलाई आयोजकले भव्य तरिकाले सम्मान गरेको थियो ।

ताजा समाचार

This will close in 10 seconds