दोधारा चाँदनीमा बाख्रा पालक किसानहरुलाई सहयोग


दोधारा । दोधारा चाँदनी नगरपालिकामा बाख्रा पालक किसानलाई बाख्रालाई घाँस तथा खाना खुवाउने डुढ बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का बाख्रा पालक स्थानिय किसानहरु बाख्रालाई घाँस खुवाउने डुढ बितरण गरिएको दोधारा चाँदनी नगरपालिका नगरउपप्रमुख गंगा देबी जोशीले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय उद्यम बिकास शाखा कार्यालय र सहभागीहरुको लागत रकमबाट दोधारा चाँदनी– ३ का बाख्रा पालक स्थानिय किसानहरुलाई २५ थान बाख्रालाई घाँस तथा खाना खुवाउने डुढ बितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले बताउनुभएको छ् ।

किसानहरुलाई आत्मनिर्भर बनाउन तथा कृषी क्षेत्रलाई उकास्न बाख्रा पालक किसानहरुलाई घाँस तथा खाना खुवाउने डुढ बितरण गरिएको उहाँले बताउनुभएको छ् । कृषकहरुलाई उत्प्रेरणाका साथै कृषि उत्पादनलाई दिगो बनाउन नगरपालिकाको सानो प्रयास रहेको दोधारा चाँदनी– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभएको छ् । वडा भित्र पशुपालनका लागि स्थानीय किसानहरुलाई तालिम दिने र तालिम पश्चात किसानहरुलाई चाहिने आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष धनाडीले बताउनुभएको छ् ।

डुढ बितरण कार्यक्रममा आफ्नो बिचर राख्दै दोधारा चाँदनी नगरपालिका कार्यालय उद्यम बिकास शाखा कार्यालयका सहजकर्ता मोहन देब भट्टले किसानहरुलाई तालिम पछि बाख्रा पालनमा सघाउन बाख्रालाई तथा घाँस तथा खाना खुवाउने डुढ बितरण गरिएको बताउनुभएको छ् ।

बाख्रालाई खाना तथा घाँस खुवाउने डुढ पाएपछि किसानहरु खुशी भएका छ् ।

 


ताजा समाचार

spot_img