
दोधारा । दोधारा चाँदनी नगरपालिकामा तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिकामा दोस्रो टि– २० मेयर कप क्रिकेट प्रतियोगिता संचालन गर्न लागिएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका नगर अध्यक्ष हर्क बहादुर थापाले जानकारी दिएका छन् ।

प्रतियोगिता आउदो १२ गते चाँदनी खेल मैदानमा संचालन गर्ने तयारी भईरहेको नगर अध्यक्ष थापाले बताएका छन् । नगर स्तरिय तेस्रो मेयर कप क्रिकेट प्रतियोगिताका प्रथम हुने टिमलाई रु. ३१ हजार नगद तथा ट्रफी र द्धतिय हुने टिमलाई रु. २१ हजार नगद तथा ट्रफी सहित सम्मान पत्र प्रदान गरिने बताईएको छ् ।







