
दोधारा । दोधारा चाँदनी नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्रले पञ्चकर्म सेवा सुरु गरिएको छ् । दुई वर्ष अघि दोधारा चाँदनी नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र संचालन आएसंगै नागरिक आरोग्य सेवा केन्द्रले पञ्चकर्म सेवा संचालनमा ल्याईएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले जानकारी दिनुभएको छ् । स्नेहन र स्वयजन कर्म गरेर पञ्चकर्म विधिबाट उपचार सेवाको सुरुवात गरिन थालेको दोधाारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले जानकारी दिनुभएको छ् ।


केन्द्रमा नशा, बाथ, पिनास तथा टाउको दुख्ने समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गरी तातो बाफ दिएर उपचार गरिनेभएको छ् । पञ्चकर्म उपचार विधी तर्फ बिरामीको आकर्षण बढ्दै गएको प्रमुख प्रशासकिय अधिकृत मिश्रको भनाई रहेको छ् । आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बिधिवतरुपमा पञ्चकर्म सेवाको समउद्धघाटन गर्नुभएको हो ।

हरेक दिन सेवा प्रदान गरिने ब्यवस्था गरिएको नागरिक आरोग्य सेवा केन्द्र दोधारा चाँदनीका शाखा प्रमुख राजु जोशीले बताउनुभएको छ् ।

नागरिक आरोग्य सेवा केन्द्रमा हरेक दिने सेवाग्राहीको चाँप बढ्दै गएको र नागरिकको सेवाको लागी पञ्चकर्म सेवा संचालनमा ल्याईएको शाखा प्रमुख जोशीले बताउनुभएको छ् । आरोग्य सेवा केन्द्रले पञ्चकर्म सेवा संचालन गरे संग स्थानियहरुमा खुशी छाएको छ् ।






