दोधारा चाँदनीमा नि:शुल्क स्वास्थ्य तथा पुर्नस्थापना घुम्ती शिविर


दोधारा । अठार वर्ष सम्मका शारिरिक अपांगता भएका ब्यक्तीहरुलाई अपांगता पहिचान, स्वास्थ्य तथा पुर्नस्थापना घुम्ती शिविर दोधारा चाँदनी नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय र अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपा काभ्रेपालञ्चोकको आयोजनामा दोधारा चाँदनी नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने शारिरिक अपांगता भएका ब्यक्तीहरुलाई निशुल्क अपांगता पहिचान, स्वास्थ्य तथा पुनरस्थापना घुम्ती शिविर संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधारा ब्यवस्थापन समितिका अध्यक्ष ओंम बस्नेतले जानकारी दिनुभएको छ् ।

एक दिने शारिरिक अपांगता भएका ब्यक्तीहरुलाई अपांगता पहिचान, स्वास्थ्य तथा पुर्नस्थापना घुम्ती शिविरको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले समउद्धघाटन गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा शारिरिक अपांगता भएका ब्यक्तीहरुलाई अपांगता पहिचान, स्वास्थ्य तथा पुर्नस्थापना गर्न सहज हुने उद्धेश्यले शिविर संचालन गरिएको नगरप्रमुख किशोर कुमारले लिम्बुले बताउनुभएको छ् ।

नगर क्षेत्रमा शारिरिक समस्या भएका थुप्रै ब्यक्तीहरु रहेको हुदा टाढा तथा महंगा अस्पतालमा गएर उपचार गर्न समस्या भएको र घर नजिक शारिरिक समस्या भएका ब्यक्तीहरुलाई उपचार गर्ने ब्यवस्था गरिएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपा काभ्रेपालञ्चोकका डाक्टर राजेन्द्र योञ्जन सहितको ८ जनाको टोलीले शिविरमा उपचार सेवा प्रदान गर्नुभएको दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले बताउनुभएको छ् ।

अपाङ्ग बाल अस्पतालको बाल अपांग पुर्नस्थापनका विषयगत विषेशज्ञ डाक्टर, फिजियोथेरापी, सहायक सामाग्री, नर्सिङ, परामर्शदाता र लगाएत उपचार शिविरमा टोलीमा रहेका थिए ।


ताजा समाचार

spot_img