४५ दिने निःशुल्क शिक्षक सेवाआयोगका तयारी कक्षा सञ्चालन गर्दै युएण्टो

काठमाडौं : नेकपा माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन युएण्टोले शिक्षक सेवा आयोगको आधारभूत तह-१८ कक्षा)परीक्षालाई लक्षितगर्दै ४५ दिने अनलाइन नि:शुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । युएण्टो केन्द्रीय समितिको आयोजनामा सञ्चालन हुन लागेको सो अनलाइन तयारी कक्षा आगामी आइतबार देखि शुरु हुने संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए । उनका अनुसार ४५ सेसनमा चल्ने उक्त तयारी कक्षा दैनिक १ घण्टा ३० मिनेटको हुनेछ ।
दैनिक लोक सेवा र शिक्षक सेवा आयोगका ख्याति प्राप्त विज्ञ, प्रशिक्षक, पुस्तक लेखकहरुद्वारा सहजीकरण उक्त अनलाइन तयारी कक्षामा देशभर बाट जोडिन सकिनेछ ।दैनिक हाजिरी हुने व्यवस्था गरिएको छ भने नियमित ३ दिन सम्म अनुपस्थित हुनेलाई हटाउने संगठनले जनाएको छ । तयारी कक्षाका हरेक सेसनको अन्त्यमा सहभागीको जिज्ञासाका बारेमा छलफल र अन्तक्र्रिया हुने छ । हरेक दिन बिहान ६ बजे देखि सञ्चालन हुने उक्ततयारी कक्षामा सहभागी हुन चाहनेहरु देशभरबाटै जुममार्फत् जोडिन सक्नेछन् ।
शिक्षण सेवामा प्रवेश गर्न चाहने र हाल तयारी गरिरहेकाहरुलाई सहयोग पुगोस् र दक्ष तथा उत्कृष्ट व्यक्ति शिक्षा पेशामा भित्रियोस् भनेर संगठनले आयोगको नि:शुल्क तयारी कक्षा शुरु गर्न लागेको युएण्टोका अध्यक्ष अधिकारीले बताए । अन्य शिक्षकका संघ संगठन भन्दा भिन्नै रहने प्रयास स्वरुप युएण्टोले अधिकारका आन्दोलनमा मात्रै सीमित नरहेर शिक्षण पेशाको विकासका लागि पनि कामगर्दै आएको छ । कोरोना महामारीका बेलापनि युएण्टोले देशभरका हजारौं शिक्षकहरुलाई अनलाइन कक्षा चलाउन योग्य बनाउने भन्दै भर्चुअल तालिम सञ्चालन गरेको थियो । युएण्टोले अहिले सञ्चालन गर्न लागेको शिक्षक आयोगको तयारी कक्षामा जुम आइडी 2254251111 र पासवर्ड STFT सहभागी हुन सकिने संगठनले स्पष्ट पारेको छ ।

ताजा समाचार