

दोधारा । दोधारा चाँदनी नगरपालिकाले ट्याक्टरबाट जोताई तथा गहुँ थ्रेसिङको दर रेट निर्धारण गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको नगरकार्यपालिकाको आज बैठकले ट्याक्टरबाट खेता जोताई तथा गहुँ थ्रेसिङ सम्बन्धी कृषी कार्यको लागी दररेट निर्धारण गरेको छ् ।

प्रतिघण्टा २ हजार ५ सय रुपैयाँ थ्रेसिङ एवम् खेत जोताई प्रतिघण्टा पनि २ हजार ५ सय गर्न र गराउन पालिकाले निर्देशन जारी गरेको गरेको छ् । ‘खेती, किसानीमा निक्कै दु:ख छ, दर रेटमा एकरुपता नहुदा किसान मारमा छन्, त्यसैलाई मध्यनजर गरी दर रेट तोकेका छौं, दोधारा चाँदनी– २ का वडाध्यक्ष पदमर सिंह रावलले भने ।







